पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
सारांश
- काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार हुनु भएको छ ।
- म्यादी प्रहरीका संयोजक कपिल थापा नेतृत्वको समूहले अध्यक्ष प्रचण्ड समक्ष माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
- ‘ काँग्रेस एमालेलाई पनि यो माग राख्नुस,राजनीतिक सहमतिमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न हाम्रो पार्टी तयार छ’अध्यक्ष प्रचण्डले ज्ञापनपत्र बुझदै भन्नुभयो ।
काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार हुनु भएको छ ।
म्यादी प्रहरीका संयोजक कपिल थापा नेतृत्वको समूहले अध्यक्ष प्रचण्ड समक्ष माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।‘ काँग्रेस एमालेलाई पनि यो माग राख्नुस,राजनीतिक सहमतिमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न हाम्रो पार्टी तयार छ’अध्यक्ष प्रचण्डले ज्ञापनपत्र बुझदै भन्नुभयो ।
प्रचण्डलाई ज्ञापनपत्र बुझाउन करीव ४५ जना म्यादी प्रहरी पेरिसडाँडा पुगेका थिए । ६ वटा प्रदेशमा भएको स्थानीय तहका लागि मुलुकभर ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । संयोजक थापाका अनुसार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र बुझाइनेछ । अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिका आधार निर्णय गर्न सकिने जनाउ दिनु भएको थापाले बताउनुभयो ।
प्रतिक्रिया