प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्कंदैछन्।
  • उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्कंदैछन्। उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्कनेछन्।

प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसकेका छन्। यसअघि उनी सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….
एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….
यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो
यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो
बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटो फिचर)
बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटो फिचर)
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको  ज्यान गयाे, २३ जना घाइते
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको ज्यान गयाे, २३ जना घाइते
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
आज ऋषिपञ्चमी, यस्तो छ ऋषिपञ्चमी मनाउनुको कारण
आज ऋषिपञ्चमी, यस्तो छ ऋषिपञ्चमी मनाउनुको कारण
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न
पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न