प्रतिक्षाको प्रतिक्षा सकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
५७३ पटक हेरिएको
Shares
प्रतिक्षाको प्रतिक्षा सकियो

सारांश

  • नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ ।
  • गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको  पहिलो कोशेली एल्बम “प्रतिक्षा”को साथमा आशा बोकेर आएकी छिन् प्रतिक्षा| उक्त एल्बममा छ वटा गीत समावेश गरिएको छ ।
  • जसमा शब्द डा.

नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ ।

गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको  पहिलो कोशेली एल्बम “प्रतिक्षा”को साथमा आशा बोकेर आएकी छिन् प्रतिक्षा| उक्त एल्बममा छ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतनीकोरहेको छ भने संगीत गैरे सुरेशकोे रहेको छ । यस एल्बमको सबै गीत को संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् |
यस एल्बमको छ वटा गीत मध्य  दुई वटा म्यूजिक भिडियो बनेको छ ।

विशिष्ट व्यक्तिहरुको उपस्थितीमा आयोजना गरिएको उक्त विमोचन समारोहमा गुरुङ्ग कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ्ग, बरिष्ठ गितकार तथा लेखक डा. कृष्ण हरि बराल, वरिष्ठ गायिका कुन्ति मोक्तान, चर्चित गायिका रिमा गुरुङ्ग होडा,संगीतकार गैरे सुरेश, गीतकार दिप घतानी,को उपस्थितीमा विमोचन सम्पन्न भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?