समाचार

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
समाचार

सारांश

  • आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति  काठमाडाैं।
  • सातवटा प्रदेशमा  वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले अाइतबारदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ।
  •   श्रम कार्यालय ताहाचलस्थित उपलब्ध गराउँदै आएको श्रम स्वीकृति सेवालाई विकेन्द्रित गरी सहजरूपमा उपलब्ध गराउने उद्देश्यले  अाइतबारदेखि सुर्खेतबाट पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो।
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति 
काठमाडाैं। सातवटा प्रदेशमा  वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले अाइतबारदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ। 
श्रम कार्यालय ताहाचलस्थित उपलब्ध गराउँदै आएको श्रम स्वीकृति सेवालाई विकेन्द्रित गरी सहजरूपमा उपलब्ध गराउने उद्देश्यले  अाइतबारदेखि सुर्खेतबाट पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो।
शनिबार नै सबै प्राविधिक काम सकिएकोले आइतबार देखि काम सुरु गरिने वैदेशिक रोजगार विभागका कम्प्युटर ईन्जिनियर राजु श्रेष्ठले बताए। 
सरकारले प्रदेश नं २ मा श्रम तथा रोजगार कार्यालय जनकपुर, प्रदेश नं ५ को बुटवलमा श्रम कार्यालय र गण्डकी प्रदेशको पोखरा स्थित श्रम कार्यालयबाट श्रम स्वीकृति सुचारु गरिसकेको छ भने आइतबारदेखि कर्णाली प्रदेशस्थित सुर्खेतबाट श्रम स्वीकृति प्रदान गरिने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए।
सरकारले देशका सातवटै श्रम कार्यालयबाट व्यक्तिगत तथा पुनःश्रम स्वीकृति प्रदान गर्ने बताउँदै आएपनि विस्तारै यी सबै कार्यालय बाट नै वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिने मन्त्रालयले जानकारी दिएको छ। प्रदेश स्थित कार्यालय बाट नै वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायतका काम सम्पादन हुने भएका छन्। 
अब केही दिनमै  प्रदेश नं १ र सुदुरपश्चिमका श्रम कार्यालयबाट पनि श्रम स्वीकृतिको काम सुचारु हुने तयारी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?