प्रियंका चाेपडा बन्दै मिस जाेनस !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
प्रियंका चाेपडा बन्दै मिस जाेनस !

सारांश

  • सबै शंका उपशंकालाई पुर्णविराम दिँदै बलिउड नायिका प्रियंका चोपडाले आफ्ना प्रेमी तथा अमेरीकि मोडल निक जोनससँग सघाइ गरेकि छन् ।
  • शनिबार भव्य कार्यक्रम गर्दै उनीहरुको विवाह पक्का भएको हो ।
  • यद्दपि विवाहको मिति भने तय गरिएको छैन ।

सबै शंका उपशंकालाई पुर्णविराम दिँदै बलिउड नायिका प्रियंका चोपडाले आफ्ना प्रेमी तथा अमेरीकि मोडल निक जोनससँग सघाइ गरेकि छन् । शनिबार भव्य कार्यक्रम गर्दै उनीहरुको विवाह पक्का भएको हो । यद्दपि विवाहको मिति भने तय गरिएको छैन ।

यस अघि नै प्रियंकाको जन्मदिनको अवसरमा निकले प्रियंकालाई विवाहको प्रस्ताव राख्दै भारु डेढ लाख पर्ने औँठि उपहार दिएका थिए । साही कार्यक्रममा उनीहरुको विवाह हुने कुरा पक्का भएको थियो । केही नजिकी आफन्त र निकको परिवार उक्त पार्टिमा सामेल नभएकाले अर्को कार्यक्रमको आयोजना गरिएको थियो । प्रयंका पन्जावी भएकाले रोका पनि पन्जावी तरिकाले नै भएको थियो ।

बलिउडका ठूलाठूला कलाकारहरुले प्रियंकालाई बधाई दिइरहेका छन् । उमेरमा केही फरक भए पनि त्यसलाई सबैले सामान्य रुपमा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?