हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
५० पटक हेरिएको
Shares
हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन

सारांश

  • काठमाडौँ ।
  • मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ ।
  • मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकोप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकोप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ ।

सो हेलिकप्टर दुर्घटना हुँदा पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एकजना नेपाली क्याप्टेन चेत गुरुङको निधन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई
हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
आज १ सय २५ संक्रमित थप
आज १ सय २५ संक्रमित थप
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
‘अदालतको निर्णय स्वीकार्य’
‘अदालतको निर्णय स्वीकार्य’
भरतपुरमा रेणु दाहालको अग्रता कायमै
भरतपुरमा रेणु दाहालको अग्रता कायमै