प्रेमीसँग मिलेर श्रीमानको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१५८ पटक हेरिएको
Shares

सारांश

  • रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेको छ ।
  • र, प्रहरीले साही पत्नी सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको छ ।
  • कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा घाँटी रेटेर हत्या भएको थियो ।

रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेको छ । र, प्रहरीले साही पत्नी सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको छ ।

कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा घाँटी रेटेर हत्या भएको थियो ।

अनुसन्धानका क्रममा सकुन्तलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

अभिनन्दन विदेशमा रहेका बेला सकुन्तला र नातामा मृतकको भाइ पर्ने मनिषकुमार सुमन प्रेममा परिसकेका थिए । उनीहरुबीच दुई वर्षअघि मोबाइल फोनमार्फत सम्वन्ध गाँसिएको थियो ।

अभिनन्दन घर फर्किएपछि खटपट सुरु भयो । र, सकुन्तला र मनिषको प्रेममा अवरोध भयो । अभिनन्दनले श्रीमतीमाथि शंका गर्दै मोबाइल खोसे ।

उनले आफ्नो श्रीमतीको मोबाइलमा बारम्बार फोन आउने नम्बर देखाउँदै कसको हो पत्ता लगाइदिन तिनै मनिषलाई भने जो पत्नीको प्रेमी थिए । यसले पतिले आफूमाथि शंका गरेको सकुन्तलाले सहजै थाहा पाइन् ।

र, प्रेमीसँग मिलेर पतिको हत्या गर्ने योजना बनाइन् । ‘हामी दुई वर्षदेखि प्रेममा थियौं तर, अभिनन्दन घर फर्किएपछि शंका लागेर सकुन्तलाको मोबाइल पनि खोस्यो र कुटपिट समेत गरेपछि सकुन्तला ले नै अब अभिनन्दनलाई मार्नु पर्छ भनेकी थिइन्,’ मनिषले प्रहरीसामू भनेका छन् ।

प्रेमिकासँगको योजना अनुसार २१ गते गाउँकै कामदेही खोला नजिकको सिसौको घारीमा लगेर मनिषले अभिनन्दनको हत्या गरेका छन् । नातामा काकाको छोरा पर्ने मनिषले नम्बर पत्ता लगाइदिने भन्दै सिसौ घारीमा लगेर पछाडिबाट रडले टाउकोमा प्रहार गरे र बेहोस भएपछि घाँटी रेटेर हत्या गरे ।

‘प्रेम सम्वन्धमा बाधा उत्पन्न भएपछि र श्रीमानलाई श्रीमतीप्रति शंका हुन थालेपछि सकुन्तलाले नै पतिको हत्या गराएकी हुन्,’ रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले भनेका छन् ।

प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण
माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण
​यस्ता छन् एमाले स्थायी कमिटिका दुई निर्णय
​यस्ता छन् एमाले स्थायी कमिटिका दुई निर्णय
प्रहरी प्रशासनको मनपरि- ‘चतुरे’लाई पक्रन गको प्रहरीले प्रेमबहादुरलाई जेल पठायो
प्रहरी प्रशासनको मनपरि- ‘चतुरे’लाई पक्रन गको प्रहरीले प्रेमबहादुरलाई जेल पठायो
पोखराको लेकसाइड र उपत्यका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने
पोखराको लेकसाइड र उपत्यका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने
मन्त्रीबाटै आचारसंहिता उल्लंघन
मन्त्रीबाटै आचारसंहिता उल्लंघन
घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने
घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने
संसदीय समितिको संख्या कटौतीः कार्यक्षेत्र मिलाउन सकस
संसदीय समितिको संख्या कटौतीः कार्यक्षेत्र मिलाउन सकस