रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते

सारांश

  • वीरगन्ज ।
  • वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा कक्षाकोठामा सिटको विषयलाई लिएर छुरा प्रहार गर्दा एक विद्यार्थी गम्भिर घाइते भएका छन् ।
  • बिबिएस प्रथम वर्ष अध्ययनरत वीरगन्ज सबैठवा २३ बस्ने साधु यादवका छोरा रोशन यादव घाइते भएका हुन् ।

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा कक्षाकोठामा सिटको विषयलाई लिएर छुरा प्रहार गर्दा एक विद्यार्थी गम्भिर घाइते भएका छन् । बिबिएस प्रथम वर्ष अध्ययनरत वीरगन्ज सबैठवा २३ बस्ने साधु यादवका छोरा रोशन यादव घाइते भएका हुन् ।

विद्यार्थीको समूहको आक्रमणबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगन्जको गण्डक अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि नेशनल मेडिकल अस्पताल पठाइएको छ ।

आक्रमणमा संलग्न एकजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

विद्यार्थीहरूको समूहले उनको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार गरेर घाइते तुल्याइदिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?