सर्वदलीय बैठक सकिएलगत्तै प्रचण्ड–देउवाको छुट्टै भेटवार्ता, देउवाको फेरि यस्तो प्रस्ताव
सारांश
- काठमाडौं, पुस २० ।
- पाँच दलको सर्वदलीय बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षबीच गोप्य छलफल भएको छ ।
- आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट अन्य नेताहरु निस्किएपछि प्रचण्ड र देउवाबीच गोप्य छलफल भएको स्रोतले जनाएको छ ।
काठमाडौं, पुस २० । पाँच दलको सर्वदलीय बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षबीच गोप्य छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट अन्य नेताहरु निस्किएपछि प्रचण्ड र देउवाबीच गोप्य छलफल भएको स्रोतले जनाएको छ ।
गोप्य छलफलमा प्रधानमन्त्री देउवाले फेरी प्रचण्डलाई आफूहरुसँग सहकार्य गरेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
तर प्रचण्डले पार्टी एकताको बहस चलिरहेको बेलामा आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको बताएको स्रोतले जनाएको छ । बरु छलफलका क्रममा प्रचण्डले देउवालाई सबै दलहरु मिलेर सहमतिमै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
यसअघिको भेटमा पनि देउवाले प्रचण्डलाई पाँच बर्षका लागि प्रस्ताव गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया