बुटवलका ३ सय ११ घर भत्कीने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बुटवलका ३ सय ११ घर भत्कीने

सारांश

  • आचार्य प्रदीप बुटवल, २ साउन ।
  • व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया–बुटवल सडक क्षेत्रमा रहेका घरहरु भत्काउनको लागी भदौ ५ गते सम्मको अल्टीमेटम दिएको छ ।
  • आयोजनाले समय सडक क्षेत्रभित्र पर्ने ३ सय ८१ घरहरु भत्काउन घरधनीलाई आह्वान गरेको छ।

आचार्य प्रदीप
बुटवल, २ साउन । व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया–बुटवल सडक क्षेत्रमा रहेका घरहरु भत्काउनको लागी भदौ ५ गते सम्मको अल्टीमेटम दिएको छ ।

आयोजनाले समय सडक क्षेत्रभित्र पर्ने ३ सय ८१ घरहरु भत्काउन घरधनीलाई आह्वान गरेको छ। आयोजनाले सडकक्षेत्र भित्र पर्ने बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३५ सय मिटरका ३ सय ११ घर हटाउन भन्दै सूचना निकालेको छ। यसअघि सडकको ८२ फुटभित्र पर्ने घरहरुमा चिनो लगाइसकेको आयोजनाले भदौ ५ गतेसम्मको समय दिएको हो ।

आयोजनाका प्रवक्ता लिलबहादुर भण्डारीका अनुसार घरधनीले ८२ फूट कायम गर्नका लागि चिनो लगाएको भागदेखि सडकतर्फको भाग मात्रै भत्काउनुपर्ने छ। यस्तै आयोजनाले बेलहियादेखि नवलपरासीको भुमही बाइपास क्षेत्रमा पर्ने ७० घर टहरा पनि हटाउन भनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?