बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
५८ पटक हेरिएको
Shares
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे

सारांश

  • बर्दिया, साउन १३ – पछिल्ला वर्षमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
  • निकुञ्ज घुम्नका लागि वाह्यसँगै आन्तरिक पर्यटक पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ ।
  • पछिल्लो पटक बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता विदेशमा पनि बर्दिया निकुञ्जले विशेष चर्चा पाएको संरक्षणकर्मीहरुको भनाई छ ।

बर्दिया, साउन १३ – पछिल्ला वर्षमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्ज घुम्नका लागि वाह्यसँगै आन्तरिक पर्यटक पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ ।

पछिल्लो पटक बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता विदेशमा पनि बर्दिया निकुञ्जले विशेष चर्चा पाएको संरक्षणकर्मीहरुको भनाई छ । निकुञ्जमा स्वदेशी तथा विदेशीका लागि हात्ती सफारी, जंगल सफारी, जंगल वाक, र्याफटिङ्ग लगायतको सुविधा रहेको छ ।

बर्दिया निकुञ्ज तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो । हात्ती सफारी, जंगल सफारी, कर्णाली नदीमा र्याफटिङ, बबई नदीका गोही र निकुञ्जको प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा बर्दिया राष्ट्रिय निकुञ्जमा १७ हजार ९ सय ५९ पर्यटक भित्रिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो । संरक्षण अधिकृत थापाका अनुसार एक वर्षको अवधीमा सबैभन्दा बढी आन्तरिक पर्यटकले नै निकुञ्ज अवलोकन भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ को अवधीमा ११ हजार ६ सय ९ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेको बताइैएको छ । यसैगरी एक वर्षको अवधीमा ५ हजार ८ सय २७ विदेशी पर्यटक बर्दिया निकुञ्जमा भित्रिएका छन् । भने सार्क मुलुकका ५ सय २३ पर्यटकले निकुञ्ज अवलोकन भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ ।

निकुञ्जमा पर्यटक बढेसँगै राजश्वमा पनि बृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा निकुञ्ज भित्रिएका पर्यटकबाट ३ करोड १६ लाख ९७ हजार २ सय ६३ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार पछिल्ला वर्षहरुका बर्दिया निकुञ्जमा बाघ, गैँडा, हात्ती लगायतका वन्यजन्तुको संख्या बढ्दै गएपछि पर्यटकहरु पनि आर्कषित भएका हुन् । नेपालमा बाघ पाइने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाई छ । निकुञ्ज घुम्ने उपयुक्त समय सेप्टेम्बरदेखि अप्रिल महिनासम्म हो ।

पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडा लगायत अन्य जनावरको संख्यामा बृद्धि भएको खबर चर्चामा आएपछि निकुञ्ज घुम्न आउनेको संख्या बढ्दै गएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । अहिले बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ६२ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
तपाईको आज यस्तो छ कात्तिक १० गतेको राशिफल
तपाईको आज यस्तो छ कात्तिक १० गतेको राशिफल
‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’
‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
मन्त्री बस्नेतले प्रतिबद्धता पूरा गरेपछि स्थानीय खुशी
मन्त्री बस्नेतले प्रतिबद्धता पूरा गरेपछि स्थानीय खुशी
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : रावल
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : रावल
कोरोना संक्रमणबाट एकको मृत्यु
कोरोना संक्रमणबाट एकको मृत्यु