फ्रान्समा गोली चल्दा तीनको मृत्यु
सारांश
- फ्रान्स, २६ मंसिर ।
- फ्रान्समा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।
- १२ जना घाइते भएका छन् ।
फ्रान्स, २६ मंसिर । फ्रान्समा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरुले बताएका छन् ।
गोली प्रहार गरेपछि भाग्दै गरेको बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको जवाफी कारबाहीमा उनी पनि घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनालाई आतंकवादीको संज्ञा दिँदै अधिकारीहरुले अनुसन्धान थालेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया