बोकाको बिषयमा सर्वदलीय बैठक

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बोकाको बिषयमा सर्वदलीय बैठक

सारांश

  • रामेछाप, असार ११ – बोकाको विषयमा रामेछापमा सर्वदलीय बैठक बसेको छ ।
  • जिल्ला पशुसेवा कार्यालय रामेछापले किसानलाई ९ केजीको बोकाको कानमा १९ केजीको ट्याग वितरण गरेको भन्ने आरोप लागेपछि जिल्ला पशुसेवा कार्यालयले बोकाको बिषयमा सर्वदलीय बैठक डाकेको हो ।
  • जिल्ला पशुसेवा कार्यालय रामेछापले राष्ट्रिय पुनर्निमार्ण कोष कार्यक्रम अन्तर्गतभूकम्प पीडीतलाई अनुदानमा बोका वितरण गरेको थियो ।

रामेछाप, असार ११ – बोकाको विषयमा रामेछापमा सर्वदलीय बैठक बसेको छ । जिल्ला पशुसेवा कार्यालय रामेछापले किसानलाई ९ केजीको बोकाको कानमा १९ केजीको ट्याग वितरण गरेको भन्ने आरोप लागेपछि जिल्ला पशुसेवा कार्यालयले बोकाको बिषयमा सर्वदलीय बैठक डाकेको हो । जिल्ला पशुसेवा कार्यालय रामेछापले राष्ट्रिय पुनर्निमार्ण कोष कार्यक्रम अन्तर्गतभूकम्प पीडीतलाई अनुदानमा बोका वितरण गरेको थियो । कार्यक्रम अन्तर्गत पशुसेवा कार्यालयले खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवासका किसान कर्णबहादुर माझीले खरिद गरेर लगेको बोको ९ केजीको मात्र भएको भन्दै रामेछापका पूर्वसभासद तारानारायण श्रेष्ठले किसानको नाममा आएको रकम कर्मचारीहरुले अनियमितता गरी सानो बोको खरिद गरेर दिएको बताएपछि जिल्लाका सञ्चारकर्मीहरुले यस विषयलाई आधार मानी सञ्चार माध्यममा ल्याएका थिए ।  बोको खरिदमा अनियमितता भन्ने विषयको समाचार सञ्चार माध्यममा आएपछि जिल्ला पशुसेवा कार्यालयले बोकाको बिषयमा सर्वदलीय बैठकको आयोजना गरेको हो । बैठकमा रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, मन्थली नगरपालिकाका मेयर रमेशकुमार वस्नेत जिल्लाका राजनीतिक दलका प्रमुख र सञ्चारकर्मी समेत बैठकमा आमन्त्रण गरिएको थियो ।  बैठकमा बोका खरिद गर्ने किसान र बोको लिन कार्यालयको मोटरमा एक कर्मचारी नै कार्यालय प्रमुखले खटाए । कर्मचारीले पकरवास पुगेर किसान र बोको गाडीमा राखेर सदरमुकाम मन्थली ल्याए । बैठकमा बसेका सबैका अगाडि बोका हेरेपछि बोका त ठूलो पो रहेछ एक सहभागी भने । अर्का सहभागीले भने कर्मचारीले बोका पो साटे छन् की क्या हो ? बैठकमा यस्तै कुरा चलिरहँदा बोका जोखियो । ९ केजी भनेको बोका २४ केलोको भएपछि बैठकमा सहभागी भएकाहरु एकअर्काको मुखतर्फ हेर्न थाले ।  बैठकमा सहभागीहरुले पूर्व सभासद श्रेष्ठको भनाइ गलत रहेको भन्दै आपत्ति जनाएका थिए । एक जिम्वेवार व्यक्तिले हचुवाको भरमा फेसवुकमा बोकाको फोटो खिचेर हालीदिने र अनाहकमा २४ केजीको बोकालाई ९ केजीको भनेर पत्रकारलाई भनिदिँदा कार्यालयमा कार्यरत सबै कर्मचारीको टाउँको दुखाईको विषय बन्न पुगेको जिल्ला पशुसेवा कार्यालय रामेछापका प्रमुख डा.नारायण शर्माले बताउनुभयो ।  बैठकमा सहभागी पूर्वसभासद तारानारायण भन्नसभयो ‘बोका आफूले पनि नदेखेको फोटो हेर्दा बोका त्यस्तै ९ केजीको जत्रो होला भनेर मैले फेसबुकमा र केही पत्रकार साथीहरुलाई पनि भनेको थिए । ‘मैले भनेको बिषयलाई लिएर सञ्चारकर्मी साथीहरुले समाचार लेख्नुभयो । मैले सही गरे वा गलत ।’   गत वर्ष पनि बोका वितरणमा अनियमितता गरेको आरोप खेपेको कार्यालयले यस वर्ष भने अनुदानको रकम एकमृष्ठ कृषकको खातामा राखिदिने र रकमबाट अनुदान रकम पाउने किसानले आफ्नै पैसा थपेर बोका खरिद गर्न सक्ने नीति बनाएको थियो । कार्यालयले बोका किन्न एकमुष्ठ १५ हजार रुपैयाँ दिने र रकमवाट किसानले १८ केजीको बोका खरिद गर्नुपर्ने बन्धन बनाएको थियो । किसानहरुले रकम पाउने भपछि सोही अनुसार बोका खरिद गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
चितवनको पछीलो मत परिणाम
चितवनको पछीलो मत परिणाम
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
पहिलो फिल्ममै निर्वस्त्र रेवती, कथाको माग की निर्देशकको ?
पहिलो फिल्ममै निर्वस्त्र रेवती, कथाको माग की निर्देशकको ?
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते

तपाईंले छुटाउनुभयो कि?