झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल

सारांश

  • झापा ।
  • झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ ।
  • आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

झापा । झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए । “अहिले स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने , “कैदीलाई सरुवा गर्न लाग्दा भित्रबाट हुलदङ्गा गरेको पाइयो ।”

आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् ।

प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता
सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
यसरी होटल बन्यो मन्त्री निवास
यसरी होटल बन्यो मन्त्री निवास
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु
बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु

तपाईंले छुटाउनुभयो कि?