भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !

सारांश

  • सुनसरी, ४ असाेज ।
  • भारतबाट अाएकाे हतियारधारी समूहले सुनसरीकाे एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या गरेका छन् ।
  • हतियारधारी उक्त समूहले बिहिबार हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मौलाना खुर्सिद अन्सारीकाे गाेली हानी हत्या गरेकाे हाे ।

सुनसरी, ४ असाेज । भारतबाट अाएकाे हतियारधारी समूहले सुनसरीकाे एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या गरेका छन् । हतियारधारी उक्त समूहले बिहिबार हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मौलाना खुर्सिद अन्सारीकाे गाेली हानी हत्या गरेकाे हाे ।

मोटरसाइकलमा आएका दुई जनाकाे  हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।

अपराधीले प्रहार गरेकाे गाेली लागेर सिमामा खटिएका एक प्रहरी जवान समेत घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?