शैक्षिक अवस्था सुधारका लागि अनुदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
शैक्षिक अवस्था सुधारका लागि अनुदान

सारांश

  • जाजरकोट, ७ असोज ।
  • कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ ।
  • शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ ।

जाजरकोट, ७ असोज । कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ ।दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बतथाउनुभयो । गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र प्राविमा दरबन्दीका शिक्षक नहुँदा पढाइ प्रभावित भएको छ । यहाँका अभिभावकले चन्दा उठाएर शिक्षकलाई तलबको व्यवस्था गर्दै आएका छन् । अनुदान उपलब्ध गराएपछि शिक्षकको तलबका लागि स्थानीयवासीमा परेको भार कम भएको छ ।

“अनुदान रकमबाट ८० शैक्षिक जनशक्ति भित्रनेछ,” अध्यक्ष बस्नेतले भन्नुभयो । अनुदान रकमबाट माविमा ८, निमाविमा २५ र प्राविमा १८ शिक्षक नियुक्त गरिनेछ । गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि रु एक करोड तथा १७ बाल विकास केन्द्रका लागि बाल विकास शिक्षक र कार्यालय सहयोगीका लागि रु १७ लाख ९४ हजार उपलब्ध गराएको हो ।

मावि शिक्षकलाई रु २५ हजार, निमावि शिक्षकलाई रु १८ हजार र प्रावि शिक्षकलाई रु १५ हजारका दरले पारिश्रमिक उपलब्ध गराइनेछ । बाल विकास शिक्षकले रु ६ हजार र कार्यालय सहयोगीले रु तीन हजार का दरले मासिक पारिश्रमिक पाउने छन् । शिक्षण सिकाइ अनुदान आगामी चार वर्षसम्म निरन्तर वितरण गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन स्वीस कम्पनी छनौट
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
विप्लवलाई गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी
विप्लवलाई गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
After the arrest of gangster Sampat Nehra, Salman Khan receives extra security!
After the arrest of gangster Sampat Nehra, Salman Khan receives extra security!
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग  बिस्तृत भिडियो अन्र्तवार्ता ।
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग बिस्तृत भिडियो अन्र्तवार्ता ।
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
आफ्नै छोराले बाबुको हत्या
आफ्नै छोराले बाबुको हत्या
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।