‘क्यान्सरबाट बच्न नियमित स्वास्थ्य जाँच गरौं’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२८ पटक हेरिएको
Shares
‘क्यान्सरबाट बच्न नियमित स्वास्थ्य जाँच गरौं’

सारांश

  • मधु धमला क्षेत्री, स्वास्थ्यकर्मी (धादिङ) : आज फेब्रुअरी ४ तारिख ।
  • विश्व क्यान्सर दिवस ।
  • आज विश्वभरि यो दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।

मधु धमला क्षेत्री, स्वास्थ्यकर्मी (धादिङ) : आज फेब्रुअरी ४ तारिख । विश्व क्यान्सर दिवस । आज विश्वभरि यो दिवस विविध कार्यक्रम गरि मनाईएको छ । यो वर्षको विश्व क्यान्सर दिवसमा विश्व स्वास्थ्य संगठनले ‘आई.एम एण्ड आई. विल’, ‘म हुँ र म गर्नेछु’ भन्ने मुख्य नारालाई अघि सारिएको छ । समयमा नै क्यान्सरका विरामीको उपचार भए पूर्ण रुपमा ठीक हुन्छ । तर, क्यान्सरका विरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । रोग लागेपछि धेरै ढिलो अस्पाल पुग्ने गरेकाले ती विरामीको रोग उपचारबाट ठीक हुँदैन् । यस्तो अवस्थाले विरामीको ज्यानपनि जाने र धनपनि सकिने गरेको छ ।

क्यान्सर लाग्ने मुख्य कारण थाहा नभएपनि धुम्रपान, मद्यपान, बोसोयुक्त मासु, सेकुवा खाने मोटो मान्छे र वंशाणुगत रुपमा देखिएको पाईन्छ । एच.पि.भी. भाईरस र एच.पाईलोरी ब्याक्टेरिया र रेडियसन उत्पन्न हुने ठाउँ पनि क्यान्सरका कारक तत्व हुन् । जसरी अहिले कोरोना भाईरस फैलिएर आतंक मच्चिएको छ । त्यो भन्दा धेरै गुणा बढी क्यान्सरको खतरा छ । फरक यतिमात्रै हो की सर्ने रोगले तत्काल असर देखाउँछ तर नसर्ने रोगले विस्तारै विश्वमा करिब वर्षेनी ८० लाख मानिसको मृत्यु हुन्छ भनि विभिन्न तथ्यांकले बताउँछ ।

नेपालमा पनि लगभग ६२ हजार क्यान्सर रोगी भएको अनुमान छ । जसमध्ये ८५ प्रतिशत अन्तिम अवस्थामा मात्रै अस्पताल आईपुग्छन् । जुन बेला उपचारको लागि धेरै ढिला भैसकेको हुन्छ । क्यान्सरका लक्षणहरुमध्ये स्तनमा गाँठागुँठी आउनु, कोठीमा परिवर्तन आउनु, कुनैपनि घाउ लामोसमयसम्म ठीक हुनु र एक्कासी वजन घट्नु मुख्य हुन् । जसमध्ये धेरै देखिने क्यान्सर भनेको महिलाको पाठेघरको मुख र डिम्बासयको क्यान्सर हुन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार धुम्रपानको कारणले क्यान्सर लागेर ज्यान गुमाउनेको संख्या २२ प्रतिशत रहेको छ । जसरी सरुवा रोगको बारेमा आम मानिसहरु सजग छन्, त्यसैगरि नसर्ने रोगका बारेमा मानिसहरु सचेत भएको देखिँदैन् । क्यान्सरलगायत नसर्ने रोगहरुका बारेमा नेपाल सरकारबाट नै स्वर्णीम कार्यक्रम आउन जरुरी छ । जसले गाउँ गाउँ, बस्ती बस्तीमा क्यान्सरसम्बन्धी स्वास्थ्य शिक्षाको प्रर्वद्धन गरोस् ।

र, क्यान्सर रोगबाट बच्नको लागि प्रत्येक व्यक्ति आफैं सजग हुन जरुरी छ । क्यान्सर लाग्ने कारक तत्वबाट टाढै बस्दा राम्रो हुन्छ । तबमात्र क्यान्सरको मृत्युदर र विरामी दर घटाउन सकिन्छ । हामीले आफूले सवारीको रुपमा प्रयोग गर्ने साधनहरु जस्तो मोटरसाईकल, गाडीलाई जसरी नियमित सर्भि्सिङ गर्छौं ।

त्यसैगरि हाम्रो शरिरलाई बेला बेलामा चेकजाँच गरिरहनुपर्छ । पछिल्लो समय आम मानिसमा आफ्नो स्वास्थ्यप्रतिको संवेदनशीलता र गम्भिरता त्यति नभएको हो कि भन्ने देखाउँछ । जुन गलत हो । हामीले आफ्नो शरिरको ख्याल गर्न र रोग लाग्न नदिनबाट पनि नियमित स्वास्थ्य–जाँच आवश्यक छ । बास्तवमा ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु’ नै उत्तम हुन्छ । यो कुरालाई सबैले मनन गर्न जरुरी छ । आफ्नो स्वास्थ्यप्रति गम्भिर बनौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
पार्टी एकीकरणका लागि गठित दुई कार्यदलको संयुक्त बैठक बालुवाटारमा
पार्टी एकीकरणका लागि गठित दुई कार्यदलको संयुक्त बैठक बालुवाटारमा
एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस  भिडियो)
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस भिडियो)
भक्तपुरमा हामीसँग प्रतिस्पर्धा गर्ने दल नै छैन : बिजुक्छे
भक्तपुरमा हामीसँग प्रतिस्पर्धा गर्ने दल नै छैन : बिजुक्छे
३८० सांस्कृतिक सम्पदा पुनर्निमाण
३८० सांस्कृतिक सम्पदा पुनर्निमाण
ओखलढुंगा,रोल्पा को ताजा पारीणाम
ओखलढुंगा,रोल्पा को ताजा पारीणाम
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल

तपाईंले छुटाउनुभयो कि?