मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित

सारांश

  • असार ३१, २०७४- मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियानले तीव्रता पाएको छ ।
  • अभियानअन्तर्गत त्रिशूलीमा चालु आवमा ८ वटा झोलुंगे पुल निर्माण तथा मर्मत भएका छन् ।
  • यसले तुइनलाई विस्थापित गराएको छ ।

असार ३१, २०७४- मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियानले तीव्रता पाएको छ । अभियानअन्तर्गत त्रिशूलीमा चालु आवमा ८ वटा झोलुंगे पुल निर्माण तथा मर्मत भएका छन् । यसले तुइनलाई विस्थापित गराएको छ । पुलको अभावमा स्थानीयलाई आउजाउ गर्न निकै कठिन भएको थियो ।

खासगरी उत्पादित कृषि उपज बजार पुर्‍याउन र बालबालिकालाई विद्यालय जान असुविधा भएको थियो । तुइनका लट्ठा चुँडिएर कयौंले ज्यान गुमाएका घटना ताजै छन् । शंखादेवी माविका शिक्षक तिलक चेपाङले भने, ‘गोरखाको हिक्लुङदेखि जोगिमारा जानका लागि झिमटारमा पुल निर्माण भएको छ ।

यसबाट विद्यालयका २२ जना आवासीय छात्रछात्रा घरबाटै आउन थालेका छन् । दैनिक रबरका ट्युबमा चढेर गोरखाको चेपाङ बस्तीबाट ३५ जना विद्यार्थी त्रिशूली तरेर आउने गरेका थिए । पुल नभएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले छात्रावासको व्यवस्था मिलाएका थिए ।

करिब १२ स्थानमा रहेका जोखिमयुक्त तुइन प्रयोग गर्दै आएका दुवै जिल्लाका बासिन्दाले पुल प्रयोग गर्न थालेका छन् । तुइन विस्थापित गरी साबिक जिविसमार्फत जोगिमारामा, चौकीटार, कृष्णभीर, सिद्धलेक, चालिसे र बैरेनीमा झोलुंगे पुल निर्माण भएको स्थानीय विकास अधिकारी जीवलाल भुसालले जानकारी दिए । विभिन्न स्थानमा झोलुंगे पुल निर्माण भएपछि  त्रिशूली किनारमा जलयात्रा गराउने र रिसोर्ट सञ्चालकलाई पनि निकै सहज भएको छ ।

जोगिमारास्थित रोयल बिच क्याम्पका सञ्चालक विष्णु सिलवालले यसले व्यवसायमा पनि सघाउ पुगेको बताए । चिरौंदी, घाटबेंसी, जहरेबगरलगायतका ५ स्थानमा अझै तुइनबाटै आउजाउ भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड
नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड
बुद्ध एयरकाे २१ सफल वर्ष !
बुद्ध एयरकाे २१ सफल वर्ष !
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
आज नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टीतेलमा एक रुपियाँ बढाइयो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टीतेलमा एक रुपियाँ बढाइयो
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !

तपाईंले छुटाउनुभयो कि?