रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने

सारांश

  • काठमाडौं।
  • रास्वपा सभापति रवि लामिछानेको काठमाडौंमा आजको बयान सकिएको छ।
  • सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुन: लिने गर्ने गरी आजलाई सकिएको हो।

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेको काठमाडौंमा आजको बयान सकिएको छ। सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुन: लिने गर्ने गरी आजलाई सकिएको हो।

बिहान करिब साढे नाै बजेदेखि चलेको बयान अपराह्न करिब चार बजेसम्म चलेको हो। जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्र कट्वाल नेतृत्वमा बयान लिइएको थियो।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लामिछानेमाथि छ। शनिबार बिदा भएकाले उनको बयान हुनेछैन। स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ।

उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धानन भइरहेको छ। पोखराको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा कात्तिक २ काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

पोखरामा अझै अनुसन्धान सकिएको छैन। प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?