मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

सारांश

  • दाङ, २४ जेठ ।
  • तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
  • केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ ।

दाङ, २४ जेठ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आउनुभएको छ ।

केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको हो । हाल उहाँले ७०० घार मौरी पाल्नुभएको छ । उहाँले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराउनुभएको हो । उहाँले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी रु १२ लाख ५० हजार आम्दानी गरेको बताउनुभयो ।

त्यस्तै एक हजार रानु मौरी उत्पादनबाट रु पाँच लाख आम्दानी गर्नुभएको छ । “वार्षिक रु १८ लाख भन्दाबढी आम्दानी हुन्छ,” केसीले भन्नुभयो ।

मौरीको घारलाई एक हजार बनाउने उहाँको लक्ष्य छ । पाँच जनाले रोजगार समेत पाउनुभएको छ । केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?