म्याद टाँस्न नदिने सइ र अन्य बारे अनुसन्धान गरिने …

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ४, २०७३
|
|
१३७ पटक हेरिएको
Shares
म्याद टाँस्न नदिने सइ र अन्य  बारे अनुसन्धान गरिने  …

सारांश

  • कार्तिक ४, २०७३- म्याद तामेलीमा अवरोध पुर्‍याएको घटनामा तानिएका प्रहरी नायब निरीक्षक नकुलराज गौतममाथि छानबिन सुरु भएको छ ।
  • महानगरीय प्रहरी कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर काठमाडौंले सइ गौतममाथि छानबिन सुरु गरेको हो ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई एक समूहले अवरोध पुर्‍याएको थियो ।

कार्तिक ४, २०७३- म्याद तामेलीमा अवरोध पुर्‍याएको घटनामा तानिएका प्रहरी नायब निरीक्षक नकुलराज गौतममाथि छानबिन सुरु भएको छ । महानगरीय प्रहरी कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर काठमाडौंले सइ गौतममाथि छानबिन सुरु गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई एक समूहले अवरोध पुर्‍याएको थियो । सर्वोच्चको अनुसन्धानमा अवरोध पुर्‍याउने समूहमा सादा पोसाकमा रहेका गौतमसमेत संलग्न देखिएका थिए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापाले सइ गौतमबारे छानबिन गर्न परिसरलाई लिखित निर्देशन पठाइसकिएको जानकारी दिए । ‘संगठनको मर्यादाविपरीत काम गर्ने जो कोहीमाथि कारबाही हुन्छ,’ एआईजी थापाले भने ‘उनीमाथि लागेको आरोपबारे छानबिन हुन्छ, दोषी देखिए हदैसम्मको कारबाही हुन्छ ।’

महानगरीय प्रहरी वृत्त बानेश्वरमा कार्यरत सइ गौतमले म्याद तामेलीका लागि गएका तामेलदारलाई अवरोध पुर्‍याएको दृश्य नै फेला परेपछि सर्वोच्चले समेत उनीमाथि अदालतको मानहानिमा कारबाही गर्ने प्रक्रिया सुरु गरेको स्रोतले जानकारी दियो ।

कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानुन सचिव प्रमोद कार्की, लोकमानका कान्छा ज्वाइँ तथा कांग्रेस काठमाडौं जिल्ला समितिका सदस्य प्रबल थापा लगायतमाथि समेत अदालतको काम कारबाहीमा अवरोध पुर्‍याएको भन्दै सर्वोच्चले कारबाहीको तयारी गरेको छ ।
श्रोत: कान्तिपुर दैनिक

(https://theshabazzcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर  भागिन !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर भागिन !
चीनले   भारतलाई युद्धका लागि तयार रहन भनेपछि  भारत ससंकित ,बढ्दै युद्दको खतरा.
चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
प्रधानमन्त्री ओली गृहमन्त्रालयमा !
बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु
बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)

तपाईंले छुटाउनुभयो कि?