चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४० पटक हेरिएको
Shares
चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा

सारांश

  • आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दल आफ्ना उम्मेदवारलाई भोट माग्न जनताको घरदैलोमा पुग्न थालेका छन् ।
  • आफ्नो चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका उम्मेदवारहरुले जिल्लाको विकास निर्माण र समृद्धिका लागि आफ्नो कार्यकालमा गर्ने योजना जनतामाझ राखिरहेका छन् ।
  • जिल्लामा तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले चुनावी आमसभा, घरदैलो लगायतका माध्यमबाट चुनाव प्रचार प्रसारलाई तीव्र बनाएका हुन् ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दल आफ्ना उम्मेदवारलाई भोट माग्न जनताको घरदैलोमा पुग्न थालेका छन् । आफ्नो चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका उम्मेदवारहरुले जिल्लाको विकास निर्माण र समृद्धिका लागि आफ्नो कार्यकालमा गर्ने योजना जनतामाझ राखिरहेका छन् ।

जिल्लामा तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले चुनावी आमसभा, घरदैलो लगायतका माध्यमबाट चुनाव प्रचार प्रसारलाई तीव्र बनाएका हुन् । प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेपछि निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ । तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ । प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा उत्रिएका छन् ।

मंगला गाउँपालिका–३ बरंजाबाट संयुक्त चुनाव प्रचार अभियान शुरु गरेको वाम गठबन्धनले प्रदेश सभाको २ नं क्षेत्रमा रहेका मंगला, मालिका र धौलागिरि गाउँपालिकामा घरदैलो, आमसभा तथा कार्यकर्ता भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छ ।

यता प्रदेश सभाको क्षेत्र नं १ मा राप्रपाका भीमप्रसाद गौचनसँग प्रतिस्पर्धामा रहेका वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता विनोद केसी सहितको टोलीले अन्नपूर्ण गाउँपालिकामा घरदैलो सकेर रघुगंगा गाउँपालिकाको गाउँ गाउँमा भरदैलो अभियान सञ्चालन गरेको छ । राप्रपासँग चुनावी तालमेल गरेको नेपाली काँग्रेसले समेत चुनाव प्रचार प्रसार अभियानलाई तीव्र्र बनाएको छ । उत्तरी अन्नपूर्ण गाउँपालिका–३ दानाबाट चुनाव प्रचार अभियान थालेको काँग्रेसले अन्नपूर्ण गाउँपालिकाका सम्पूर्ण वडासहित, बेनी नगरपालिका, मंगला, मालिका र धौलागिरि गाउँपालिकामा चुनाव प्रचार अभियानलाई तीव्र बनाएको नेका म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँले बताउनुभयो ।

उता, प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका अमलाल फगामीले समेत घरदैलो अभियानलाई तीव्र बनाएका छन् । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए । कूल ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व
शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व
साउन २२ गते बिहिवारको राशिफल यस्तो छ
साउन २२ गते बिहिवारको राशिफल यस्तो छ
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
इटालीको चिनो: जहाँ यसरी बन्छ विश्वकप ट्रफी
इटालीको चिनो: जहाँ यसरी बन्छ विश्वकप ट्रफी
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि