लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४२ पटक हेरिएको
Shares
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि

सारांश

  • लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् ।
  • प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् ।
  • गुरुङले ८ हजार ६ सय ७७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ८ हजार ४७८ मतले पच्छ्याईरहेका छन् ।

लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ८ हजार ६ सय ७७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ८ हजार ४७८ मतले पच्छ्याईरहेका छन् ।

यस्तै प्रदेशसभा ‘क’ र ‘ख’ दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रदेशसभा ‘क’ मा ९ हजार २८१ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार धनन्ञ्जय दवाडीले ५ हजार १७० मतले अग्रता लिएका छन् । दवाडीलाई कांग्रेस उम्मेद्वार गर्जबहादुर गुरुङले ३ हजार ४३३ मतले पच्छ्एका छन् ।

प्रदेश सभा (ख) मा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछी पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले ४ हजार ५३३ मत ल्याउँदा कोइरालाले ४ हजार ५१ मत ल्याएका छन् ।

एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एकलाख १५ हजार ४४९ मतदाता रहेकोमा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा ‘क’ मा ३६ हजार ६८ र प्रदेश सभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो ।

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध
आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
‘जनताबाट फूलचार्ज सरकार हो, पिलिपिलि गर्दैन’: प्रधानमन्त्री ओली
‘जनताबाट फूलचार्ज सरकार हो, पिलिपिलि गर्दैन’: प्रधानमन्त्री ओली
सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
करिब एक हजार शिक्षकको जागिर अन्योलमा !
करिब एक हजार शिक्षकको जागिर अन्योलमा !
पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए
पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री
बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’