योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ

सारांश

  • २० जेठ, ताप्लेजुङ ।
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुरमा माओवादीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मतपत्र च्यातेकाले माओवादीको उम्मेदवारी खारेज गर्नुपर्ने बताएका छन् ।
  • साथै नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सभामुखबाट संसदीय प्रक्रिया मिचिएको उनले आरोप लगाएका छन् ।

२० जेठ, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुरमा माओवादीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मतपत्र च्यातेकाले माओवादीको उम्मेदवारी खारेज गर्नुपर्ने बताएका छन् । साथै नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सभामुखबाट संसदीय प्रक्रिया मिचिएको उनले आरोप लगाएका छन् ।
चुनावी प्रचारको सिलसिलामा गृहजिल्ला ताप्लेजुङ आएका भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै आचारसंहिता ठूला साना सबै दललाई फरक-फरक नहुने भन्दै आचारसंहिता बमोजिम उम्मेदवारी खारेज गर्दै बाँकी उम्मेदवारको मतगणना सुरु गर्नुपर्ने बताए ।

भरतपुरमा सुनियोजित ढंगले मतगणना रोकिएकाले एमालेले संसद अबरुद्ध गरेको बताउँदै एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले मतगणना सुरु नभएसम्म संसद अवरोध गरिरहने बताए ।

राष्ट्रपतिले संसदलाई पठाएको पत्र समेत संसदमा दर्ता नभई नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रकृया अघि बढाएको भन्दै एमाले नेता भट्टराईले आपत्ति जनाए ।

संसदीय प्रकृया र संविधानको उल्लंघन गर्दै प्रधानमन्त्री चयन प्रकृया सुरु गरेकाले एमालेले यसको घोर निन्दा गर्ने गर्ने भट्टराईले बताए ।

संसद अवरुद्ध पार्दै आएको प्रतिपक्षी दल एमालेका प्रचार विभाग प्रमुख रहेका भट्टराईले सभामुख ओनसरी घर्ती मगरलाई ‘गल्ती’ सच्याउन आग्रह गर्दै उनले संसदीय प्रकृयालाई अवलम्बन गर्न सुझाव दिए ।

टुँडीखेलमा बसेर प्रधानमन्त्रीको निर्वाचन नहुने भन्दै एमाले सचिव भट्टराईले संसदलाई बाईपास गरेर भइरहेका गतिविधि एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए । यदि यस्तै गरेर प्रधानमन्त्रीको नियुक्ति प्रकृया अघि बढे एमाले अझै कडा रुपमा प्रस्तुत हुने चेतावनीसमेत उनले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
निर्माणको अन्तिम चरणमा एशियाकै लामो झोलुङ्गे पुल
निर्माणको अन्तिम चरणमा एशियाकै लामो झोलुङ्गे पुल
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो
तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल  : राप्रपा प्रवक्ता
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता
हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा
हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा
ओली र प्रचण्डको कसरत, फोरमलाई सरकारमा ल्याउन जोड
ओली र प्रचण्डको कसरत, फोरमलाई सरकारमा ल्याउन जोड
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
शुटिङका बेला हिरो-हिरोइनले होस गुमाएर बहकिएपछि‘……
शुटिङका बेला हिरो-हिरोइनले होस गुमाएर बहकिएपछि‘……
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?