भ्रमण वर्षको तयारी यसरी हुँदैछ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२४ पटक हेरिएको
Shares
भ्रमण वर्षको तयारी यसरी हुँदैछ

सारांश

  • तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ ।
  • सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो ।
  • जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ ।

तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ । यसैगरी जिल्लाका सात वटै पालिकामा प्रमुखको संयोजकत्वमा आयोजक समिति गठन गर्न आग्रह गरिएको जानकारी उहाँले दिनुभयो ।

ती समितिहरूमा सरोकारवाला सबै पर्नेछन् । समितिका सदस्यबाट विभिन्न उपसमिति निर्माण गरी भ्रमण वर्ष सन् २०२० लाई प्रभावकारी बनाउने काम गरिने डल्लाकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरूपमा चिनाउने गरी हामी काम गर्दैछौँ ।”

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरस्तरीय सहजीकरण तथा आयोजक समिति गठन गरी भ्रमण वर्षलाई प्रभावकारी बनाउन विभिन्न गतिविधिहरू अघि बढाउन लागिएको बताउनुभयो । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । महानगरको अधिकांश भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । प्रमुख दाहालले भन्नुभयो, “भ्रमण वर्षको प्रचारप्रसारमा कुनै कमी हुन दिने छैनौँ ।”

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जनवरी १ तारिखमा स्मारकसहित भ्रमण वर्षका कार्यक्रम शुरु गरिने बताउनुभयो । निजी र सरकारी क्षेत्रको समन्वयमा कार्यक्रमहरू हुने उहाँले जानकारी दिनुभयो । नयाँ गन्तव्यहरूको समेत पहिचान गरी प्रचारप्रसार गरिने छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले नियमित कार्यक्रमका अतिरिक्त अन्तर्रा्ष्ट्रिय हात्तीपोलो, दशैँ महोत्सव, नेपाली नयाँ वर्ष विशेष कार्यक्रमजस्ता पर्यटक प्रवद्र्धन गर्ने गतिविधि गर्ने तयारी गरिएको बताउनुभयो । हाल जिल्लामा दुई लाख हाराहारी पर्यटक आउने गरेकामा यो सङ्ख्यालाई दोब्बर बनाउने गरी प्रचारप्रसारमा जुट्ने घिमिरेको भनाइ छ ।

के–कस्ता कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने विषयमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनसहितको विज्ञ समूहहरूसँग छलफलसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्षमा चितवनमा के भयो भन्ने प्रश्नको जवाफ दिन सक्ने गरी कार्यक्रम गरिने घिमिरेको भनाइ छ ।

सौराहाका होटलहरूले स्तरोन्नतिका लागि कामसमेत गरिरहेका छन् । होटलमा रङरोगन गर्ने, क्षमता विस्तार गर्ने, पौडीपोखरी निर्माण गर्नेजस्ता काम भइरहेका छन् । चितवनमा मुख्यरूपमा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, एकसिङ्गे गैँडा हेर्न धेरै पर्यटक आउने गर्दछन् । यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाटधाम, माडीको गोद्धक, सोमेश्वरगढी, पाँचपाण्डव, वाल्मिकी आश्रम, जिरौनाको धर्मधामलगायतका स्थलमा पर्यटक आउने गर्दछन् । चितवन उच्च पहाडी क्षेत्रदेखि समथर मैदानसम्म रहेकाले सिराइचुली, उपारदाङ्गढीलगायतका पहाडी क्षेत्रमा पनि पर्यटक पुग्ने गर्दछन् । यसै जिल्लाबाट केबलकार चढेर मनकामना जानेहरूको सङ्ख्या पनि ठूलो हुने गर्दछ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
रियल मड्रिडविरुद्व बार्सिलोनाको शानदार जित
रियल मड्रिडविरुद्व बार्सिलोनाको शानदार जित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन
स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन
स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन र MAW हायर पर्चेज लिमिटेड बीच व्यवसायिक साझेदारी
नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन र MAW हायर पर्चेज लिमिटेड बीच व्यवसायिक साझेदारी

तपाईंले छुटाउनुभयो कि?