कास्कीका बागी उम्मेदवार नरेशशंकरलाई कांग्रेसले गर्‍यो कारबाही

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
कास्कीका बागी उम्मेदवार नरेशशंकरलाई कांग्रेसले गर्‍यो कारबाही

सारांश

  • २३ कात्तिक, पोखरा ।
  • कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा बागी उम्मेदवारी दिएका नरेशशंकर पालिखे साधारण सदस्यसमेत नरहने गरी कारवाहीमा परेका छन् ।
  • कांग्रेसको अनुशासनमा नबसी निर्वाचनमा असहयोग गर्ने गरी बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेपाली कांग्रेस कास्कीले बिहीबार निश्कासन गरेको हो ।

२३ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा बागी उम्मेदवारी दिएका नरेशशंकर पालिखे साधारण सदस्यसमेत नरहने गरी कारवाहीमा परेका छन् ।

कांग्रेसको अनुशासनमा नबसी निर्वाचनमा असहयोग गर्ने गरी बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेपाली कांग्रेस कास्कीले बिहीबार निश्कासन गरेको हो ।

कास्की कांग्रेसका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको विज्ञप्तिमा पार्टी संकटमा रहेका बेला अनुशासनभन्दा बाहिर गएर पार्टी विरुद्ध उम्मेदवारी दिने पालिखेलाई सदस्यबाट निश्कासन गरिएको जानकारी गराउँदै सहयोग नगर्न आग्रहसमेत गरिएको छ ।

‘कांग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार उनलाई पार्टीबाट निष्काशन गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ । निश्काशनमा परेका सदस्यलाई कांग्रेसनिकटका कुनै भातृ संगठनलाई पनि सहयोग नगर्न आग्रह गरिएको छ ।

‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बखतदेखि नै कांग्रेसको महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनीधि, क्रियाशील सदस्य र साधारण सदस्यसमेत नरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कांग्रेसबाट टिकट पाएका विन्दुकुमार थापा उम्मेदवार रहेको क्षेत्रमा पालिखेले बागी उम्मेदवारी दिएका छन् । पार्टीले आधिकारिक उम्मेदवारकै पक्षमा माहौल सिर्जना गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।

कास्की कांग्रेसले वामगठबन्धन गरी कम्युनिष्टहरु एकतन्त्रीय शासन प्रणालीमा जान खोजिरहेको र देशमा फेरि अर्को द्वन्द्व निम्त्याउन खोजिरहेको स्थितिमा अनुशासनभन्दा बाहिर गएर यसो गर्ने व्यक्तिलाई कांग्रेसले स्विकार्न नसक्नेसमेत बताएको छ ।

नेपाली कांग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता क्रियाकलापबाट हतोत्साही नभई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउन संगठित भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Shreejan Bhansakarya

    नरेश ले जित्न पनि सक्छ। बिन्दु भनेको हिजो मात्र पार्टी मा उमृएको ब्यक्ती हो।

    Comment Author

    Amrit Rai

    Milera uthya vaye ramro !

    Comment Author

    Bishnu Lal Thakali

    Chor lai chautaree,sadhulai suli.

    Comment Author

    Dilli Subedi

    नरेसले जितनु के पाप हाे

    Comment Author

    परदेशि सागर क्षेत्री

    K ko karbahi kangres tyagera pap pakhalexan nàresley

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?