यो वर्षको होली रंगाऔं “होली रे” संगै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
३१६ पटक हेरिएको
Shares

सारांश

  • छोटो समयमै संगीतको प्रवद्र्धन र मिडिया व्यवस्थापनमा सम्पूर्ण संगीतकर्मीको नंबर वान बन्न सफल म्युजिक जोय मिडियाका संस्थापक निर्देशक एवं सेलिब्रिटि म्यानेजमेन्ट नेपालका व्यवस्थापक सुभाष प्रधानले आसन्न होलीको अवसर पारि होली रे बोलको गीतको अडियो भिडियो ल्याएका छन् ।
  • शास्त्रिय संगीत सिकेका प्रधानले यस अघि पनि फाट्टफुट्ट गीत गाउने गरेका थिए ।
  • उन्को यस गायकिपनलाई प्रसिद्ध कलाकारहरुले समेत तारिफ गरेका छन् ।

छोटो समयमै संगीतको प्रवद्र्धन र मिडिया व्यवस्थापनमा सम्पूर्ण संगीतकर्मीको नंबर वान बन्न सफल म्युजिक जोय मिडियाका संस्थापक निर्देशक एवं सेलिब्रिटि म्यानेजमेन्ट नेपालका व्यवस्थापक सुभाष प्रधानले आसन्न होलीको अवसर पारि होली रे बोलको गीतको अडियो भिडियो ल्याएका छन् ।
शास्त्रिय संगीत सिकेका प्रधानले यस अघि पनि फाट्टफुट्ट गीत गाउने गरेका थिए ।उन्को यस गायकिपनलाई प्रसिद्ध कलाकारहरुले समेत तारिफ गरेका छन् । डान्सिङ बिटमा रहेको उक्त गीतको म्युजिक भिडियो हिजो अर्थात बुधबार मात्रै सार्वजनिक गरिएको हो ।

एम जे इन्टरटेनमेन्ट मार्फत बजारमा आएको उक्त गीतको सिर्जना र संगीत भने सेलिब्रिटि म्यानेजमेन्ट नेपालकै व्यवस्थापकिय निर्देशक सरु श्रेष्ठको छ । त्यस्तै गीतलाई उत्कृष्ट संगीत संयोजनमा विभिन्न अवार्ड समेत जितिसकेका संगीत संयोजक महाराजा थापाले संयोजन र प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् ।
निकै रंगीन बनाइएको गीतको भिडियो अवधारणा र दृश्य सम्पादन मनोज विष्टले गरेका हुन् । विगत अठार वर्षदेखि संचार क्षेत्रमा सक्रिय म्युजिक भिडियो निर्देशनमा पनि छोटो अवधिमा नै आफुलाई राम्रो निर्देशकको रुपमा स्थापित गराउन सफल भएका छन्। गुणस्तरिय भिडियोमा ध्यान दिने विष्ट नयाँ देखी पुराना गायक गायिकाको रोजाईएका निर्देशक हुन । साथै म्युजिक जोय मिडियाका प्रबन्ध निर्देशकका रुपमा पनि कार्यरत रहेका छन् ।
गीतलाई फिमेल भर्सनमा समेत गाइएको छ ,जस्लाइ गायिका प्राश्ना शाक्यले साथ दिएकी छिन् ।उन्ले पछिल्ला समय आफ्ना गीतहरु पनि म्युजिक जोयको व्यवस्थापनमा सार्वजनिक गर्दै आएकी छिन् । नेपालको पहिलो प्रोमोशनल कम्पनी म्युजिक जोय मिडिया गत महिनादेखि सफल रुपमा चार वर्ष पुरा गरी पांचौ वर्षमा प्रवेश गरेको छ । यस्ले अडियो, भिडियो बनाउनुका साथै बजार व्यवस्थापनको काम गर्दै आएको छ।
होलीको दिन जोयले भेनस रेष्ट्रो एण्ड बार लाजिम्पाटमा सांगीतिक कार्यक्रम पनि गर्न लागेको प्रधानले जानकारी दिए जहाँ रंगहरुको मस्तिका साथै विभिन्न कलाकारहरुको प्रस्तुती , डिजे सेसन र आकर्षक नृत्य पनि रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
भेरीमा बस खस्दा ४ जनाको मृत्यु
भेरीमा बस खस्दा ४ जनाको मृत्यु
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना
उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
१८ देशमा राजदूत नियुक्त : कुन देशको राजदूतमा को सिफारिस?
१८ देशमा राजदूत नियुक्त : कुन देशको राजदूतमा को सिफारिस?

तपाईंले छुटाउनुभयो कि?