पैसा केरमेट गरे यस्ताे कारवाही हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पैसा केरमेट गरे यस्ताे कारवाही हुने

सारांश

  • काठमाडौं,७ साउन।
  •   नेपाल राष्ट्र बैंकले नोटमा(पैसा)मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ ।
  • राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो ।

काठमाडौं,७ साउन।  नेपाल राष्ट्र बैंकले नोटमा(पैसा)मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो ।मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को मुद्रा सम्बन्धि कसुर महलअनुसार कुनै पनि व्यक्तिले मुद्रा च्यात्न, जलाउन, गाल्न वा केर्न नहुने व्यवस्था गरेको हो ।

सो महलको दफा २ सय ६३ उपदफा १ र २ अन्तर्गत बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुने व्यवस्थामा लेखिएको छ, ‘अधिकारप्राप्त अधिकारीको आदेशबिना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा कसैले त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन, कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन ।’ उपदफा ३ मा भनिएको छ, ‘उपदफा १ वा २ अन्तर्गतको कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्मकैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

नयाँँ व्यवस्थाअनुसार कोही कसैले पनि नोटमा कोर्न वा सिक्का नगाल्न वा नबिगार्न नेपाल राष्ट्र बैंकले सूचना जारी गर्ने तयारी समेत गरेको छ ।

अब घरमा, पसलमा, वा बैंकमा कसैले पनि नोटमा केरेको देखेमा सिक्का वा बिगार्न लागेको देखेमा तत्काल प्रहरीमा खबर गर्न सक्ने गरी सूचना जारी गर्न सकिने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

बैंकहरूले पैसाको बन्डलमा नोटमा पर्ने गरी स्ट्याप्लर थिच्दा बन्डलबाट पैसा झिक्दा च्यातिने, केरमेट गर्दा र केही भाग च्यातिए पनि नम्बर देखिने नोट चलाउँदा एक पटक छापेको पैसा छोटो समयमात्र चल्ने र नयाँ नोट छाप्नका लागि राज्यकोषबाट ठूलो खर्च हुने हुँदा नयाँ व्यवस्थाले राहत पुग्ने राष्ट्र बैंकका अधिकारीहरुको विश्वास छ ।

यसअघि सर्वोच्च अदालतले सफा नोट नीति कार्यन्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेश दिएपछि यो बिषयलाई फौजदारी संहितामा समेटिएको हो । सर्वोच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।

राष्ट्र बैंकबाट छापिँदै आएका बैंक नोटहरूमा वर्षौअघिदेखि जथाभाथी रूपमा केरमेट गर्ने, च्यात्ने तथा जथाभावी रूपमा स्ट्याप्लर लगाउने र बैंकहरूले समेत नोटका मुठ्ठाहरूमा स्ट्याप्लर लगाएर कारोबार गर्ने प्रचलन बढेपछि सर्वोच्चले अन्तरिम ओदेश जारी गरेको थियो ।

सफा नोट कारोबारका लागि बैंक मुद्रामा केरमेट गर्ने वा बिगार्नेलाई जरिवाना वा कैदको सजाय हुने व्यवस्था विश्वका विभिन्न देशहरुमा अभ्यास हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको ठेक्का तोड्ने तयारी
मेलम्चीको ठेक्का तोड्ने तयारी
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा  पर्नेहरुको नाम  !
नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा पर्नेहरुको नाम !
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर
भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?