निर्मला हत्या प्रकरण : विशाला चौधरी रिहा, भन्छन् कुटपिटका डरले हत्या स्वीकारे
सारांश
- निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई शुक्रबार प्रहरीले रिहा गरेको छ ।
- अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कञ्चनपुर भीमदत्त नगरपालिका १८, सालघारीका १६ वर्षीय चौधरीलाई पक्राउ गरेको थियो ।
- चौधरीलाई हिरासतमै रहेका भीमदत्त नगरपालिका १८, भगतपुरका प्रदिप रावलको वयानपछि पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो ।
निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई शुक्रबार प्रहरीले रिहा गरेको छ । अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कञ्चनपुर भीमदत्त नगरपालिका १८, सालघारीका १६ वर्षीय चौधरीलाई पक्राउ गरेको थियो । चौधरीलाई हिरासतमै रहेका भीमदत्त नगरपालिका १८, भगतपुरका प्रदिप रावलको वयानपछि पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो ।
प्रहरीले चौधरीको डिएनए नमिलेपछि रिहा गरेको जनाएको छ । उनलाई प्रहरीले बालबालिका खोजतलास केन्द्रको जिम्मा लगाएर रिहा गरेको थियो ।
निर्मला पन्तको बलात्कार र हत्या भएको ५ महिना पुग्न लागि सकेको छ । छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको बाहिर सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका विशालले आफूलाई डरत्रास देखाएपछि आरोप स्वीकारेको बताएका छन् ।
शनिबार महेन्द्रनगर पुगेका विशालले प्रहरीले मानसिक यातना दिएकै कारणले आफूले स्वीकार गरेको बताए । ‘प्रदिपले स्वीकारी सक्यो त पनि स्वीकार नत्र राम्रो हुन्न भनेर डर देखाइयो’, शनिबार प्रहरी कार्यालयमा पत्रकारमाँझ उनले भने ‘मारिदिन्छौ भन्ने जस्ता धम्कीले मलाई पनि डर लाग्यो र आरोप स्वीकारेको हुँ ।’ उनले प्रहरीले कञ्चनपुरमै पक्राउ गरेपछि आफूलाई डर देखाएको बताए ।
प्रतिक्रिया