राजपाको आन्दोलनलाई सिके राउतको साथ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राजपाको आन्दोलनलाई सिके राउतको साथ !

सारांश

  • ३१ जेठ, काठमाडौं ।
  • चुनाव बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टीको निर्णय र आन्दोलनलाई देश टुक्र्याउने बिखण्डनकारी अभियानका सिके राउतले समर्थन जनाएका छन् ।
  • राउतले राजपा नेता महन्थ ठाकुरलाई पत्र लेखेर राम्रो निर्णय गरेको भन्दै धन्यवाद दिएका हुन् ।

३१ जेठ, काठमाडौं । चुनाव बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टीको निर्णय र आन्दोलनलाई देश टुक्र्याउने बिखण्डनकारी अभियानका सिके राउतले समर्थन जनाएका छन् । राउतले राजपा नेता महन्थ ठाकुरलाई पत्र लेखेर राम्रो निर्णय गरेको भन्दै धन्यवाद दिएका हुन् ।

सिके राउतले महन्थ ठाकुरलाई हिन्दी भाषामा पत्र लेखेर चुनाव बहिस्कारका लागि धन्यवाद मात्रै दिएका छैनन्, चुनाव बहिस्कार गर्ने तरिकासमेत सिकाएका छन् ।

राउतले चुनावलाई सक्रिय बहिस्कार गर्ने भन्दा पनि मतदानमा भाग लिएर मतपत्रमा कोठाबाहिर छाप लगाउन राजपा नेता कार्यकर्तालाई सल्लाह दिएका छन् ।

चुनाव बहिस्कार तीन तरिकाले हुन्छ भन्दै राउतले चुनाव बिथोल्नखोज्नु सक्रिय बहिस्कार हुने र मतदान गर्न नजानु निश्क्रिय बहिस्कार हुन जाने राउतको तर्क छ ।

उनले महन्थ ठाकुरलाई भनेका छन् कि यी दुबै तरिका अपनाउनुको साटो ‘राइट टु रिजेक्ट’ को अधिकार प्रयोग गर्दै बहुमत मतपत्र बदर गरेर चुनावलाई अवैधानिक बनाउन सकिन्छ ।

तर, राउतले मतदानमा भाग लिएर चुनाव बहिस्कार गर्न भने पनि मधेसमा राजपाका नाममा भइरहेको आन्दोलनमा सिके राउतका कार्यकर्तासमेत उत्रिएर निर्वाचन विथोल्ने कार्यमा लागिरहेको स्थानीय प्रशासनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल
वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
प्रदेशस्तरीय दंगा नियन्त्रण कार्यालय नवलपरासीमा स्थानान्तरण
प्रदेशस्तरीय दंगा नियन्त्रण कार्यालय नवलपरासीमा स्थानान्तरण
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
को हुन् बाइडेन?
को हुन् बाइडेन?
हल्कादेखि मध्यम वर्षाको सम्भावना
हल्कादेखि मध्यम वर्षाको सम्भावना
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
लाइसेन्स दिन १ लाख घुस लिन लाग्दा …
लाइसेन्स दिन १ लाख घुस लिन लाग्दा …
उदयपुर मा कमान्ड को रूपमा सशस्त्र प्रहरी उपरीक्षक
उदयपुर मा कमान्ड को रूपमा सशस्त्र प्रहरी उपरीक्षक

तपाईंले छुटाउनुभयो कि?