प्रदेशस्तरीय दंगा नियन्त्रण कार्यालय नवलपरासीमा स्थानान्तरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रदेशस्तरीय दंगा नियन्त्रण कार्यालय नवलपरासीमा स्थानान्तरण

सारांश

  • नवलपरासी, २८ माघ, बुटवलमा रहेको प्रदेशस्तरीय दंगा नियन्त्रण प्रहरी गणको कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० सुनवलमा स्थानान्तरण भएको छ ।
  • रुपन्देहीको धागो कारखाना परिसरमा भाडामा रहेको दंगा प्रहरीको नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० सुनवल–३ कीर्तिपुरमा हालैमात्र १० बिघा क्षेत्रफल जग्गामा कार्यालय तथा आवासीय भवन निर्माण गरी स्थानान्तरण भएको हो ।
  • दंगा नियन्त्रण प्रहरी गणको भवन निर्माणपछि अब सो स्थानमा ६०० प्रहरी दरबन्दीमा रहने भएका छन् ।

नवलपरासी, २८ माघ, बुटवलमा रहेको प्रदेशस्तरीय दंगा नियन्त्रण प्रहरी गणको कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० सुनवलमा स्थानान्तरण भएको छ ।

रुपन्देहीको धागो कारखाना परिसरमा भाडामा रहेको दंगा प्रहरीको नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० सुनवल–३ कीर्तिपुरमा हालैमात्र १० बिघा क्षेत्रफल जग्गामा कार्यालय तथा आवासीय भवन निर्माण गरी स्थानान्तरण भएको हो ।

दंगा नियन्त्रण प्रहरी गणको भवन निर्माणपछि अब सो स्थानमा ६०० प्रहरी दरबन्दीमा रहने भएका छन् । उक्त स्थानमा कार्यालय भवन, क्वाटर गार्ड, ब्यारेक भवन, मेस भवन, ट्रेड शप, प्रहरी उपरीक्षक निवास भवन तयार भइसकेका छन् भने अन्य केही आवश्यक भवन पनि निर्माणाधीन अवस्थामा छन् ।

विसं २०७१ बाट करिव रु सात करोड पाँच लाखको लागतमा निर्माण थालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?