एमाले उम्मेदवारलाई भोट माग्दै निखिल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
२० पटक हेरिएको
Shares
एमाले उम्मेदवारलाई भोट माग्दै निखिल

सारांश

  • नेपाली फिल्मका एक्सन सुपरस्टार निखिल उप्रेती अहिले सर्लाहीमा छन् ।
  • प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि सर्लाहीमा रहेका निखिलले अहिले एमालेकी उम्मेदवार कल्पना कटुवालका लागि भोट मागिरहेका छन् ।
  • कल्पना ‘रुद्र’का नायक विश्व शर्माकी आमा हुन् ।
नेपाली फिल्मका एक्सन सुपरस्टार निखिल उप्रेती अहिले सर्लाहीमा छन् । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि सर्लाहीमा रहेका निखिलले अहिले एमालेकी उम्मेदवार कल्पना कटुवालका लागि भोट मागिरहेका छन् । कल्पना ‘रुद्र’का नायक विश्व शर्माकी आमा हुन् । बरहथवा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी कल्पनाका लागि अहिले निखिल घरदैलो कार्यक्रममा भोट माग्न व्यस्त छन् ।
निखिलका दाई हरि उप्रेती सर्लाही क्षेत्र नम्बर ३ का निर्वाचित एमाले सांसद हुन् । यसअघि सांसदमा आफ्नो दाजुलाई जिताउन सर्लाही पुगेर भोट मागेका निखिलले अहिले कल्पना कटुवालको जितका लागि घरदैलो कार्यक्रममा दौडिरहेका छन् । उनले आफ्नो दाई एमालेको सांसद भएपनि आफू राजनीतितर्फ जाने सोच नभएको बताएका छन् ।

पटक-पटक एमालेका उम्मेदवारलाई भोट हाल्दै आइरहेका निखिलले घरदैलो कार्यक्रमको क्रममा कल्पना कटुवालको जित सुनिश्चित रहेको दाबी गरेका छन् । लगातार एकपछि अर्को फिल्म असफल भैरहेको अवस्थामा अहिले निखिल आफ्नै निर्देशनमा फिल्म ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को काममा व्यस्त छन् । असोज २ गते मतदान गरेपछि उनी काठमाडौं फर्किनेछन्

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?