को हुन् बाइडेन?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०७७
|
|
५१ पटक हेरिएको
Shares
को हुन् बाइडेन?

सारांश

  • काठमाडौं, कार्तिक २४ ।
  • बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् ।
  • सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए ।

काठमाडौं, कार्तिक २४ । बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् । सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए । उनी १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए । यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

कानुनमा डिग्री हासिल गरेका उनले जनताको न्यायसम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन् । लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपातस् रहँदै आएका छन् । बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे । उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महŒवपूर्ण योगदान हुने अपेक्षा गरिएको छ । चीनसँगको बिग्रिएको सम्बन्ध सुधारमा उनको जोड रहेको छ ।

७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उनले उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौं सबैभन्दा कम उमेरका सिनेटरका रूपमा निर्वाचित भएका थिए । यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रूपमा आफूलाई उभ्याएका थिए ।

त्यसपछि उनी दोस्रो पटक २००८ मा राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा थिए । त्यसबेला उनी बाराक ओबामासँग पछि परे । तर, ओबामाले उनको अनुभव र देश विदेशमा रहेको सम्मानका कारण आफ्नो उपराष्ट्रपतिका रूपमा अघि बढाए र दुवै कार्यकालमा जो बाइडेन उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई हालसम्मकै सर्वश्रेष्ठ उपराष्ट्रपति घोषित गरेका थिए ।

२०१७ सम्म उपराष्ट्रपति बनेका बाइडेन यो वर्ष राष्ट्रपति बन्नका लागि तेस्रो पटक मैदानमा होमिएका थिए । यस वर्ष उनी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै देशको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपाल र भारतबीच रसायन मिलेको छ’ (भिडियोसहित)
‘नेपाल र भारतबीच रसायन मिलेको छ’ (भिडियोसहित)
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
उपत्यकामा १० वर्षभित्र ‘मेट्रो रेल’!
उपत्यकामा १० वर्षभित्र ‘मेट्रो रेल’!
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
लापर्वाही गरेका ठेकेदारलाई ७५ लाख जरिवाना
लापर्वाही गरेका ठेकेदारलाई ७५ लाख जरिवाना
राससकर्मी सुब्बालाई सिर्जनशील पत्रकारिता पुरस्कार
राससकर्मी सुब्बालाई सिर्जनशील पत्रकारिता पुरस्कार
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
गर्लफ्रेण्डकै अगाडि दुई पटकसम्म बलात्कार पछि हत्या
गर्लफ्रेण्डकै अगाडि दुई पटकसम्म बलात्कार पछि हत्या