सीप सिके युवा विदेशिनु पर्दैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सीप सिके युवा विदेशिनु पर्दैन

सारांश

  • चितवन, ८ असार ।
  • आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् ।
  • दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्कनुभएका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि दिनुभएको छ ।

चितवन, ८ असार । आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् ।

दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्कनुभएका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि दिनुभएको छ ।

विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गरौँ भन्ने उद्देश्यका साथ फर्कनुभएका उहाँले कपाल काट्ने तालीम लिनुभयो । सिग्देलले भन्नुभयो “साधारण तालीम यही लिएँ र डिप्लोमा स्तरको तालीम काठमाडौँमा लिएँ ।” त्यसपछि चितवन फर्किएर आफ्नो व्यवसाय शुरु गरे । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उहाँले शुरु गर्नुभयो ।

नेपाल फर्किएपछि तालीम लिनु अघि सिग्देलको एक युवतीसँग प्रेम सम्बन्ध रह्यो र उनलाई पनि ब्यूर्टिपार्लरसम्बन्धी तालीम लिन लगाउनुभयो । पसल खोलेसँगै सिग्देलले बिहे गर्नुभयो । उहाँले पुरुषको कपाल काट्नु भयो भने श्रीमती सुस्मिता चालिसेले सँगै महिलाको पार्लरसम्बन्धी काम गर्नुभयो ।

झण्डै तीन लाख लगानी गरेको सैलुनले एकै महिनामा रु एक लाखसम्म बचाउन थाल्यो । पाँच वर्षपछि अहिले उहाँले नजिकै ठूलो कोठा लिएर उच्चस्तरको सजावटसहितको वातावरण अनुकूलित सैलुन शुरु गर्नुभएको छ । सिग्देलले खुशी हुँदै भन्नुभयो “सजावटमा मात्र रु २० लाख खर्च गरेको छु ।” उहाँको शैलुनमा महिला पुरुष दुवैको कपाल काट्ने, फेसियल गर्ने, स्टेट पार्ने, मिनी कियर, पेडी कियर, आयल मसाज, डेढलक, हेयर कलर, दाह्री फाल्ने, बेहुला बेहुलीको मेकपजस्ता काम हुने गर्दछन् ।

एउटै कामबाट रु ३५ हजारसम्म बुझ्ने गरेको भन्दै उहाँले रु १०० को दाह्री काट्नेदेखि रु ३५ हजारको डेढलक गर्नेसम्मका काम गरेको बताउनुभयो । सँगै डिप्लोमा स्तरको तीन महिने र छ महिने तालीम पनि शुरु गरेको सिग्देलले बताउनुभयो । तीन महिने तालीमलाई रु २० हजार र छ महिने तालीमलाई रु ३० हजार लिने गरेको उहाँको भनाइ छ ।

व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो “आठ जनाले रोजगारी पाएका छन् । उनीहरू भाइबहिनी साली, भान्जीलगायतका रहेका छन् ।”

https://www.eyesolutions.in/rise-of-tramadol-from-india/”>Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
आज यी स्थानमा भारी वर्षाको सम्भावना
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर
क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
एयरहाेस्टेज, नर्स हुँदै पाेर्नस्टार बनिन यि सुन्दरी
एयरहाेस्टेज, नर्स हुँदै पाेर्नस्टार बनिन यि सुन्दरी
प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

तपाईंले छुटाउनुभयो कि?