‘रातो घर’ हेरेपछि केपी ओलीले भने – तक्मे बुढा मन पर्‍यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
‘रातो घर’ हेरेपछि केपी ओलीले भने – तक्मे बुढा मन पर्‍यो

सारांश

  • २६ जेठ, काठमाडौं ।
  • सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली गीतसंगीत र चलचित्रसँग सम्बन्धित कार्यक्रममा कमैमात्र उपस्थित हुन्छन् ।
  • बिहीवार दिउँसो भने ओलीले तीनघण्टा चलचित्र हेरेर बिताए ।

२६ जेठ, काठमाडौं । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली गीतसंगीत र चलचित्रसँग सम्बन्धित कार्यक्रममा कमैमात्र उपस्थित हुन्छन् ।

बिहीवार दिउँसो भने ओलीले तीनघण्टा चलचित्र हेरेर बिताए । विल्सन बिक्रम राई ‘तक्मे बुढा’ अभिनित चलचित्र ‘रातो घर’ हेर्न बीग मुभिज पुगेका ओलीले रातो घरको रोमान्स र एक्सनले आफूलाई प्रभावित पारेको प्रतिक्रिया दिए ।

सिनेमा हेरिसकेपछि चलचित्रका मुख्य पात्र तक्मे बुढालाई देखाउँदै ओलीले भने ‘मलाई झखमले भन्दा तक्मेबुढा भन्ने पात्र नै पि्रय लाग्छ ।’ साथै उनले रातो घरजस्तो सिनेमा हेरेपछि नेपाली सिनेमाको क्रमिक विकास हुँदै गएको अनुभुति भएको बताए ।

चलचित्रमा झापाको प्रसंग भएकाले आफूलाई चलचित्रले छोएको ओलीको भनाइ थियो ।

त्यसो त ‘रातो सूर्य’ नामको अर्को चलचित्रमा केपी ओली आफैंले अभिनय गर्न लागेको चर्चा पनि छ । यस प्रसंगमा सोधिएको प्रश्नमा ओलीले आफू सिधा कुरा प्रष्ट भन्ने मान्छे हो भन्दै अभिनय नआउने बताए ।

चलचित्र हेर्ने कार्यक्रममा एमाले नेता सुवास नेम्वाङ, भीम रावल लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prince Keshi

    जोखानेलाई जोक गर्ने मन परिहाल्छ नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?