स्वराजलाई सरकारले दिएको दिवाभोज कमल थापाद्वारा बहिष्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
स्वराजलाई सरकारले दिएको दिवाभोज कमल थापाद्वारा बहिष्कार

सारांश

  • काठमाडौं, माघ १९ ।
  • उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा आयोजना गरेको दिवाभोज बहिष्कार गरेका छन् ।
  • यसअघि हरेक भारतीय नेताको नेपाल भ्रमणमा स्थान पाउने प्रिय पार्टी र नेताको रुपमा लिइने राप्रपाका अध्यक्ष थापासँग यसपाली स्वराजले पनि विशेष चासोपूर्वक भेट्ने अनुमान थियो ।

काठमाडौं, माघ १९ । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा आयोजना गरेको दिवाभोज बहिष्कार गरेका छन् ।

यसअघि हरेक भारतीय नेताको नेपाल भ्रमणमा स्थान पाउने प्रिय पार्टी र नेताको रुपमा लिइने राप्रपाका अध्यक्ष थापासँग यसपाली स्वराजले पनि विशेष चासोपूर्वक भेट्ने अनुमान थियो । तर, स्वराजले भेट्ने कुनै कार्यसूची नभएको थाहा पाएपछि थापाले भ्रमणको दोस्रो तथा अन्तिम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा राखेको दिवाभोज समेत बहिस्कार गरेका छन् ।

यसअघि परराष्ट्रमन्त्री समेत रहेका थापा हाल उपप्रधान तथा ऊर्जामन्त्रीको जिम्मेवारीमा छन् । निर्वाचन सम्पन्न भएर नयाँ सरकार निर्माणको समयमा विदेशमन्त्री स्वराजको भ्रमण कूटनीतिक दृष्टिले अस्वाभाविक रहेको भन्दै थापाले बहिष्कार गरेका बुझिएको छ ।

बालुवाटारमा दिइएको दिवाभोजमा उपप्रधानमन्त्री थापालाई पनि निम्त्तो दिइएको थियो । तर, त्यसलाई टार्न उनी पूर्वनिर्धारित जिल्ला भ्रमणको कार्यक्रम भन्दै बिहान हेटौंडा गएका छन् ।

थापाले बिहीबार अपराह्न सामाजिक सञ्जाल ट्विटरमा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान जिल्ला भ्रमणमा जान लागेको लेखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?