वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०७४
|
|
४१५ पटक हेरिएको
Shares
वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल विजयी

सारांश

  • भक्तपुर, २ जेठ ।
  • मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ ।
  • खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याउनुभएको थियो ।

भक्तपुर, २ जेठ । मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ ।

खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याउनुभएको थियो ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी हुनुभएको छ ।

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?