सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २२, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड

सारांश

  • काठमाडौ ।
  • १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा बंगलादेशमा ६ जनालाई मृत्युदण्ड दिइएको छ।
  • महिला तथा बालबालिका उत्पीडन निवारण न्यायाधीकरण–३ खुल्नाका न्यायाधीश अब्दुस सलाम खानले बलात्कारमा संलग्न ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको अदालतका सरकारी वकिल फरीद अहमदको भनाई उदृत गर्दै बंगलादेशको समाचार संस्था द डेली स्टारले जनाएको छ।

काठमाडौ । १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा बंगलादेशमा ६ जनालाई मृत्युदण्ड दिइएको छ।

महिला तथा बालबालिका उत्पीडन निवारण न्यायाधीकरण–३ खुल्नाका न्यायाधीश अब्दुस सलाम खानले बलात्कारमा संलग्न ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको अदालतका सरकारी वकिल फरीद अहमदको भनाई उदृत गर्दै बंगलादेशको समाचार संस्था द डेली स्टारले जनाएको छ।

६ जनै अभियुक्तले सन् २०१९ को जुनमा शहरको बिहारी कोलोनी क्षेत्रमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। मृत्युदण्ड पाउनेमा मोर्सेदुल इस्लाम शान्तो, शेख शहादत हुसेन, रब्बी हसन पोरोश, महमुद हसन आकाश, काजी अरिफुल इस्लाम प्रीतम र मोहम्मद मीम विश्वास रहेका छन्।

घटनामा संलग्न अन्य ४ जना १४ देखि १७ वर्षका किशोर रहेकाले उनीहरूलाई ८र८ वर्षको जेल सजाय सुनाइएको छ। अदालतले दोषीलाई जनही २० हजार टाका जरिवानासमेत तोकेको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    注册免费账户

    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/en-IN/register-person?ref=UM6SMJM3

    Comment Author

    codice di riferimento binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?