पूर्व क्रिकेटर इमरान खानको पार्टीले पाकिस्तान चलाउने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पूर्व क्रिकेटर इमरान खानको पार्टीले पाकिस्तान चलाउने !

सारांश

  • पाकिस्तानको आमनिर्वाचनबाट पूर्व क्रिकेटर इमरान खानको पार्टी तहरिक–ए–एन्साफ (पीटीआइ) ले सरकार बनाउने सम्भावना बढेको छ ।
  • पीटीआइले ४७ प्रतिशत भोट गणना हुँदा ११३ सीटमा अग्रता लिएको छ ।
  • नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग ६४ सीटमा अगाडि छ भने बेरेजिर भुट्टोको पार्टी पीपीपी ४३ सिटमा अगाडि रहेको छ ।

पाकिस्तानको आमनिर्वाचनबाट पूर्व क्रिकेटर इमरान खानको पार्टी तहरिक–ए–एन्साफ (पीटीआइ) ले सरकार बनाउने सम्भावना बढेको छ । पीटीआइले ४७ प्रतिशत भोट गणना हुँदा ११३ सीटमा अग्रता लिएको छ । नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग ६४ सीटमा अगाडि छ भने बेरेजिर भुट्टोको पार्टी पीपीपी ४३ सिटमा अगाडि रहेको छ । स्पष्ट बहुमतका लागि १३७ सिट जित्नुपर्नेछ । २७२ सिटका लागि मतदान भएको हो । पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधिसभाको लागि तीन हजार ४५९ जना उम्मेदवार रहेका छन्।

यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५७७ सिट रहेको र आठ हजार ३९६ उम्मेदवार रहेका छन् ।यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब छ करोड पुरुष रहेको जनाइएको छ । जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । यस निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ ।

निर्वाचनको मुखैमा आएर उनलाई दश वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निस्पक्ष निर्वाचनका विषयमा आशङ्का पनि उत्पन्न भएको छ । मतगणना भने ढिलोगतिमा भइरहेको भन्दै निर्वाचन आयोगले आलोचना खेपिरहेको छ । चुनावमा धाँधलीसमेत भएको भन्दै आक्रोशसमेत पोखिएको छ । यो निर्वाचन भने हिंसायुक्त भयो । बुधबार चुनावकै दिनमात्र ३५ जनाको ज्यान गएको थियो । सयौं घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड
धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड
बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते
बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो
पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?

तपाईंले छुटाउनुभयो कि?