विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
६५९ पटक हेरिएको
Shares
विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब

सारांश

  • नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ ।
  • पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
  • नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ ।

नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । यसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश छैन । आजको नयाँ पत्रिकामा खबर छ ।

पर्यटन व्यवसायीहरू पनि अहिले नेपाल आउने पर्यटकको तुलनामा नेपालीलाई विदेश पठाएर व्यवसाय गर्नेको व्यवसाय उल्लेख्य रूपमा बढेको बताउँछन् । ‘अहिले नेपालमा विदेशी ल्याएर घुमाउनुभन्दा नेपालीलाई विदेश घुमाउने कम्पनीले राम्रो व्यापार गरिरहेका छन्,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष डिबी लिम्बू भन्छन्, ‘यकिन तथ्यांक छैन, तर समग्र पर्यटनबाट नेपालले गर्ने आम्दानीको तुलनामा नेपालीले गर्ने खर्च अत्यधिक छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?