४० दिनसम्म दराजमा थन्क्याउनु हाँसउठ्दो कुरो : नेम्वाङ
सारांश
- काठमाडौं ८ माघ – नेकपा एमाले स्थायी समितिका सदस्य तथा नेता सुवास नेम्वाङले ४० दिनसम्म जनताको जनादेश निर्वाचन अायाेगले थन्क्याएर राख्नु हाँसउठ्दो कुरो भएको टिप्पणी गरेका छन् ।
- अाज बिहान सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्व सभामुख समेत रहेका नेम्वाङले चालीस दिनसम्म जनताको जनादेश दराजमा बन्द भएर रहेको बताए ।
- निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फको निर्वाचन परिणाम सविधानले अप्ठेराे पारेकाे भन्दै सार्वजनिक गरिसकेको छैन ।
काठमाडौं ८ माघ – नेकपा एमाले स्थायी समितिका सदस्य तथा नेता सुवास नेम्वाङले ४० दिनसम्म जनताको जनादेश निर्वाचन अायाेगले थन्क्याएर राख्नु हाँसउठ्दो कुरो भएको टिप्पणी गरेका छन् ।
अाज बिहान सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्व सभामुख समेत रहेका नेम्वाङले चालीस दिनसम्म जनताको जनादेश दराजमा बन्द भएर रहेको बताए ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फको निर्वाचन परिणाम सविधानले अप्ठेराे पारेकाे भन्दै सार्वजनिक गरिसकेको छैन । प्रदेशसभाका समानुपातिक सांसदलाई भने शुक्रबार सपथ ग्रहण गराइसकेको छ ।
‘चालीस दिन भैसक्यो औपचारिकता प्राप्त गरिसकेका छैनौं,’ उनले भने, ‘हाँस उठ्दो कुरा के भने, संविधानले आवधिक निर्वाचन भनिसकेपछि जनताको जनादेश दराजमा थन्काएर राख्न मिल्छ कि मिल्दैन ?’
आवधिक निर्वाचनबाट जनताको अभिव्यक्त जनादेश चालीस दिनसम्म थन्क्याएर राख्छौं अनि संविधानले अप्ठेरो गर्यो भन्छौं, संविधानलाई अप्ठ्यारा थोपर्न खोज्छौं ।
आजभोलिमा दुईवटा कार्यदल घोषणा हुँदै
नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको काम समयमा सम्पन्न होस् भनेर आफूहरु लागिपरेको नेम्वाङले बताए । ‘पार्टी एकता अब पछाडि फर्कदैन । अलिकति गृहकार्य गर्नुपर्ने भएकाले लागि परेका छौं ।’
आइतबार एकता संयोजन समितिको वैठक बसी एकतालाई टुंगोमा पुर्याउन लागेको दाबी गरे ।
‘कोही पनि सदस्यहरु बाहिर नगई पार्टी एकतालाई टुंगोमा पुर्याउने छलफल भैरहेको छ,’ उनले भने, ‘विदेश र बाहिर जिल्लामा पनि भरसक ननिस्कने गरी छलफल भएको छ ।’ पार्टी एकता तर्फ आजभोलिमा दुईवटा कार्यदल घोषणा गर्ने विन्दुमा अघि बढिरहेको नेम्वाङले बताए ।
Buddhipd Rai
40 दिन सम्म निर्वाचन परिणाम दराजमा थन्काउने आलु टमटरे नेपालको संविधान 2072 बनाउने सुवाश चन्द्र नेम्वाङ्गजीले नेपालको संविधान आफै पढी वाचन गर्ने अनि आफै मरी मरी पादञ्जेल र हगुन्जेल हाँस्ने गर्नोस्ससस???