सदन चल्न नदिने कांग्रेसको चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सदन चल्न नदिने कांग्रेसको चेतावनी

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कार्वाही अघि बढ्न नदिने चेतावनी दिएको छ।
  •   नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कार्वाही अघि बढन नदिने चेतावनी दिएका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कार्वाही अघि बढ्न नदिने चेतावनी दिएको छ।  नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कार्वाही अघि बढन नदिने चेतावनी दिएका हुन्। प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली काँग्रेसका सांसदहरुले प्रश्न गर्न अनुमति दिन माग गरेका थिए। तर सभामुख महराले अनुमति नदिएको भन्दै काँग्रेस सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। सदन स्थगित गएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे। प्रधानमन्त्री ओलीले तथ्यांक नै तोडमोड हुने गरी वक्तव्य दिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा प्रश्न गर्न खोज्दा सभामुखले सरकारको बचाऊ गरेको आरोप लगाए।
सांसद थापाले सभामुखले कुनै एक पार्टीको पक्ष लिएर प्रश्नका लागि अनुमति दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। उनले सभामुख महरालाई कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहन आग्रह गरे। सभामुखले हुकुमी शैलीमा सदनमा प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएको सांसद थापाको आरोप छ। यसैबीच प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकका दिनु भएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रश्न गर्न माग गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो। संघीय संसद सचिवालयमा टाँस गरिएको सूचनामा प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ।

प्रधानमन्त्री ओलीको वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्ने भन्दै नेपाली काँग्रेसका सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेका थिए। सभामुख कृष्णबहादुर महराले आफूले अनुमति दिएपछि मात्रै प्रश्न गर्न पाउने भनेपछि बैठकमा हंगामा भएको थियो। यसैबीच, नेपाली काँग्रेसले प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?