विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
७६६ पटक हेरिएको
Shares
विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!

सारांश

  • विशेष अदालतले गुणस्तरहीन ट्रान्सफर्मर खरिद काण्डमा मुछिएका नेपाल विद्युत् प्राधिकरणका २२ कर्मचारीले भ्रष्टाचार गरेको ठहर गरेको छ भने २२ जनालाई सफाइ दिएको छ ।
  • २०६४ सालपछि प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मर गुणस्तरहीन भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
  • अदालतले दुई पूर्वकार्यकारी निर्देशक रामेश्वर यादव र डा.

विशेष अदालतले गुणस्तरहीन ट्रान्सफर्मर खरिद काण्डमा मुछिएका नेपाल विद्युत् प्राधिकरणका २२ कर्मचारीले भ्रष्टाचार गरेको ठहर गरेको छ भने २२ जनालाई सफाइ दिएको छ ।

२०६४ सालपछि प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मर गुणस्तरहीन भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले दुई पूर्वकार्यकारी निर्देशक रामेश्वर यादव र डा. जीवेन्द्र झासहित २२ जनालाई भ्रष्टाचारी ठहर गरेको छ भने तत्कालीन निमित्त कार्यकारी निर्देशक टीकाराम विसी र निर्देशक महेश आचार्यसहित २२ जनालाई सफाइ दिएको छ । दोषी ठहर भएका व्यक्तिबाट ४० करोड ३६ लाख २३ हजार ९ सय ११ रुपैयाँ असुल उपर गर्नुपर्ने फैसला विशेष अदालतले निर्णय गरेको छ ।

अदालतले पहिलो मुद्दामा ११ करोड ५२ लाख ८४ हजार ९ सय ५१, दोस्रो मुद्दामा ९ करोड ९४ लाख २ हजार ४ सय २३ रुपैयाँ, तेस्रो मुद्दामा १३ करोड ४१ हजार ९ सय ३३ रुपैयाँ ४३ पैसा र चौथो मुद्दामा ५ करोड ८८ लाख ९४ हजार ६ सय ३ रुपैयाँ दोषी ठहर भएका व्यक्तिबाट असुल गर्नुपर्ने फैसला गरेको जनाएको छ ।

तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवलाई भने ४ वटै मुद्दामा दोषी ठहर गरी गरी करिब ३ वर्ष जेल र १ लाख ३५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यसैगरी पूर्वकार्यकारी निर्देशक झालाई दुई मुद्दामा १० महिना जेल र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै, तत्कालीन महाप्रबन्धक युगलकिशोर साहलाई दुई मुद्दामा दोषी ठहर गर्दै एक वर्ष जेल र ५५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

हुवेई कम्पनीका लि डायो गोलाई ९ करोड ९३ लाख ५७ हजार, होङ यु, ओउयाङलाई ५ करोड ८७ लाख ७९ हजार र हु झ्हेङ क्वाङलाई १ वर्ष कैद र ११ करोड ५१ लाख ४४ हजार रुपैयाँ तथा सोही कम्पनीका मेनेजिङ डाइरेक्टर प्रपटलाई १२ करोड ९८ लाख ४१ हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको छ ।

प्राधिकरणका प्रबन्धक कैलाशकुमार अटल, सुरेन्द्रराज जोशी, अष्टरत्न शाक्य, त्रिपुराप्रसाद सिंह, सिन्धु यादव, मनोज वराल, विदुर पौडेल, शेखरकुमार दत्त, सुरज शाह, रामविजुल मण्डल, विनोद स्वर्णकार र निमेषकुमार पौडेललाई पनि विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

यसैगरी, अदालतबाट सफाइ पाउनेहरूमो उपकार्यकारी निर्देशक विसीसहित  निर्देशक अर्जुनकुमार चौहानका साथै सहनिर्देशकहर हरिबहादुर पाल, शशीविक्रम थापा, डिल्लीरमण दाहाल र महेशकुमार कार्की छन् । त्यसैगरी लेखा अधिकृतद्वय सुशीलप्रसाद खनाल र  सुरेशकुमार कटुवालले पनि सफाइ पाएका छन् ।

उपनिर्देशक कृष्णबहादुर केसी, इन्जिनियर नारायणप्रसाद चौधरी, लेखापाल भरत रुपाखेती र सहायक लेखापाल सरोज श्रेष्ठले पनि सफाइ पाएका छन् । प्राधिकरणका निर्देशक देव शर्मा पौडेल, प्रबन्धक कृष्णबहादुर थापा र हरिबहादुर गःसी तथा सहायक प्रबन्धक प्रमोद रिजालले पनि सफाइ पाएका छन् । ट्रान्सफर्मर खरिद कम्पनीमा तीन स्थानीय एजेण्ट र दुई प्रतिनिधिले पनि सफाइ पाएका छन् ।

अख्तितयारले २०७० भदौ ९, भदौ २८ र फागुन ९ मा दोषीउपर कारबाही तथा जरिवानारक्षतिपूर्ति तिराउनुपर्ने भन्दै मुद्दा दायर गरेकोमा विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, नरेन्द्रकुमार सिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले फैसला सुनाएको हो ।

प्राधिकरणले चीनको हुवेई सनलाईट इलेक्ट्रिक कम्पनीमार्फत र थाईल्याण्डको सहवान्त इलेक्ट्रिकमार्फत ल्याइएका ट्रान्सफर्मरहरू गुणस्तरहिन आरोपमा मुद्दा दायर गरिएको थियो ।  प्राधिकरणले हुवेईमार्फत १९ सय ९५ तथा थाईल्याण्डको सहवान्तमार्फत १५ सय ९४ ट्रान्सफर्मर ल्याइएको थियो ।

प्राधिकरणले ०६७/०६८ मा चीनको हुवेई सनलाईट इलेक्ट्रिक कम्पनीबाट ल्याइएकामध्ये  ७ सय ३५ ट्रान्सफर्मर प्राधिकरणले विश्व बैकको सहयोगमा खरिद गरेको थियो । उक्त प्रकरणमा प्राधिकरणका  कार्यकारी निर्देशक रामेश्वर यादवसहित २२ जनालाई पक्राउ गरी विशेष अदालतमा मुद्दा समेत दायर गरिएको थियो छ ।

त्यसैगरी २०६६/०६७ को लट नम्बर ३ अन्र्तगत सहवान्त इलेक्ट्रिक थाईल्याण्डद्धारा खरिद गरिएको करिब १६ सय गुणस्तरहिन ट्रान्सफर्मर प्रकरणमा चौहानसहित १० जनालाई मुद्दा दायर गरिएको थियो ।

विद्युत् प्राधिकरणले २०६४ सालपछि खरिद गरेका करिब ४ हजार ६ सय ट्रान्सफर्मर गुणस्तरहिन भएको प्रंतिवेदन प्राधिकरणका तत्कालीन सञ्चालक सदस्य एवं पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले र अर्का पूर्व सञ्चालक केपी दुलाल संयोजकत्वको समितिले दिएको थियो । सोही आधारमा अख्तियारले यसबारे छानबिन अघि बढाएर विशेष अदालतमा मुद्दा गरेको थियो ।

श्रोत : कारोबार दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
मेलम्चीको पानी काठमाडौँ पठाइयो
मेलम्चीको पानी काठमाडौँ पठाइयो
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी
नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह
नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन
नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै