सुरु भयो काठमाडौँ औद्योगिक व्यापार, पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव
सारांश
- ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो आफ्नै पहिचान हाम्रो संस्कृति जगेर्ना गर्ने नेपाल राष्ट्रिय तामाङ घेदुङको महाभियान’ भन्ने मूल नाराको साथमा सलोनी उडन क्राफ्टको सहयोगमा काठमाडौँ औधोगिक व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव २०७६ बैशाख १४ देखि सुरु भएको छ ।
- काठमाडौँ औद्योगिक व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव २१ गतेसम्म जारी रहनेछ ।
- महोत्सवको औपचारिक उद्घाटन वैशाख १३ गते गरिएको थियो ।
‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो आफ्नै पहिचान हाम्रो संस्कृति जगेर्ना गर्ने नेपाल राष्ट्रिय तामाङ घेदुङको महाभियान’ भन्ने मूल नाराको साथमा सलोनी उडन क्राफ्टको सहयोगमा काठमाडौँ औधोगिक व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव २०७६ बैशाख १४ देखि सुरु भएको छ । काठमाडौँ औद्योगिक व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव २१ गतेसम्म जारी रहनेछ । महोत्सवको औपचारिक उद्घाटन वैशाख १३ गते गरिएको थियो । प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्रि इश्वर पोख्रेलले महोत्सवको उद्घाटन गरेका थिए ।
काठमाडौँ औधोगिक व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव २०७६ मा करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । नेपाल मेला महोत्सव संघले महोत्सवको व्यवस्थापन गरिरहेको छ । मेलामा तामाङ संस्कृति झल्कने भेसभुषा तथा खानेकुराको परिकार, कृषि तथा हस्तकला प्रदर्शनी, भुत घर, मरुभूमिमा पाइने उटको नृत्य, मारुती सर्कस, बच्चाहरुको खेलौना, सांस्कृतिक प्रदर्शनी, व्यापार तथा पर्यटन प्रदर्शनी, खाना महोत्सव , भाडाकुडा प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी र हाँस्य व्यंग्य कलाकारको बेजोड प्रस्तुति समेत रहेको छ ।
मेलामा ज्योति मगर, बद्रि पंगेनी, धिरज राई, कुलेंद्र बिश्वकर्मा, दुर्गेस थापा, जगत घिसिङ, शुक्र लामा, अभिषेक तामांग लगायत विभिन्न ख्यातिप्राप्त कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक कला, गायन कला, हास्य व्यङ्ग्य प्रदर्शन र उपस्थित भीडलाई भरपुर मनोरञ्जन दिने दिइरहेका छन् । बालबालिकाहरुको लागि पनि छुट्टै एशियाको उत्कृष्ट बाल उधान, मारुती सर्कस तथा अन्य खेल सामग्री राखिएको छ ।
(Klonopin)
प्रतिक्रिया