विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान

सारांश

  • रोल्पा, २० असार ।
  • गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ ।
  • सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताउनुभयो ।

रोल्पा, २० असार । गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ ।

सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताउनुभयो ।

रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतमा राखेर आइतबार राति १० बजे रिहा गरिए पनि केही दिनअघि अर्का कार्यकर्ता वीरबहादुर ओलीलाई गिरफ्तार गरी हालसम्म पनि रिहा नगरेको पार्टी रोल्पाले जनाएको छ ।

गिरप्तार गरिएका आफ्ना कार्यकर्ता रिहा नभएसम्म यातायात बन्द जारी रहने सो पार्टीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?