तरकारी बजारमा नयाँ व्यवस्थापन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
तरकारी बजारमा नयाँ व्यवस्थापन

सारांश

  • चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले नयाँ ढङ्गले सञ्चालन गर्ने भएको छ ।
  • काभ्रे कृषि बजार मल्टी पर्पोज प्रालिले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी कृषि क्षेत्र र तरकारीका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।
  • नौ रोपनी क्षेत्रफलमा रहेको उक्त तरकारी बजारमा १२३ वटा स्टल रहेका छन ।

चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले नयाँ ढङ्गले सञ्चालन गर्ने भएको छ ।

काभ्रे कृषि बजार मल्टी पर्पोज प्रालिले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी कृषि क्षेत्र र तरकारीका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।

नौ रोपनी क्षेत्रफलमा रहेको उक्त तरकारी बजारमा १२३ वटा स्टल रहेका छन । एकचालीस जना शेयर सदस्य रहेको मल्टी पर्पोज प्रालिले तरकारी बजारका लागि रु तीन करोड ५० लाख लगानी गरेको सो प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिनुभयो ।

“तरकारी बजारबाट वार्षिक रु ३० अर्बको कारोबार हुन्छ,” उहाँले भन्नुभयो । कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य सिधै पाउने र बिचौलियालाई विस्थापन गरिने योजना बनाइने उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला, पनौती, ढुंखर्क, रविओपी, सिपाली, रोशी, मंगलटार, पाँचखाल, मण्डनदेउपूरलगायत ठाउँबाट बजारमा दैनिक तरकारी संकलन हुने गर्दछ । संकलित तरकारी स्थानीय बजार हुँदै कालीमाटी, बल्खुलगायत ठाउँमा पुग्ने गरेको छ । कृषि बजारमा दैनिक १० टन तरकारी संकलन हुने गर्छ । काठमाडौैँस्थित कालीमाटी बजारको कूल खपतको ११.५३ प्रतिशत तरकारी काभपलाञ्चोकबाट संकलन हुने गरेको कालीमाटी थोक तथा खुद्रा बजारको आव २०७३÷७४ को तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?