संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने :एमाले

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २, २०७३
|
|
५४६ पटक हेरिएको
Shares
संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने :एमाले

सारांश

  • सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ ।
  • भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय पनि मधेसमा मधेसी र थारुलाई नै कमजोर बनाउने गरी आएको एमालेको आरोप छ ।
  • मेची महाकाली राष्ट्रिय अभियानका क्रममा बर्दियाको राजापुर र कैलालीको टीकापुरमा भएका आमसभालाई सम्बोधन गर्दै एमालेका शीर्षस्थ नेताले सरकारले ल्याएको संविधान संशोधनका कुनै पनि प्रस्ताव मधेसी र थारु समुदायको हितमा नभएको दाबी गरे ।

सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ ।


भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय पनि मधेसमा मधेसी र थारुलाई नै कमजोर बनाउने गरी आएको एमालेको आरोप छ ।

मेची महाकाली राष्ट्रिय अभियानका क्रममा बर्दियाको राजापुर र कैलालीको टीकापुरमा भएका आमसभालाई सम्बोधन गर्दै एमालेका शीर्षस्थ नेताले सरकारले ल्याएको संविधान संशोधनका कुनै पनि प्रस्ताव मधेसी र थारु समुदायको हितमा नभएको दाबी गरे ।

टीकापुरको सभालाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता झलनाथ खनालले भने- तपाई थारु र मधेसीहरुलाई संविधान संसोधनको जालमा पार्ने खेल भइरहेको छ । तर, एमालेले सीमांकनमात्र होइन अंगीकृत नागरिकता, हिन्दी भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व असन्तुलित गर्ने कुनै पनि प्रस्ताव पारित हुन दिँदैन ।

एमाले उपाध्यक्ष भीम रावलले पनि संविधान संशोधनबाट मधेसी र थारुको अधिकार खोसिने भएकाले भ्रममा नपर्न थारु समुदायलाई अपिल गरे । राजापुरको सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले पहाडी र थारु समुदायलाई अलग गरेर प्रदेश विभाजन गर्न खोजिएकाले त्यसको प्रतिवाद गर्न थारुलाई आग्रह गरे ।

एमाले पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले सीमांकन हेरफेर गर्न नसकेपछि सरकार मधेसी र थारुलाई अल्पमतमा पार्ने गरि अंगीकृत नागरिकता खुकुलो बनाउने र हिन्दी भाषालाई प्रदेशहरुमा कामकाजको भाषा बनाउने राष्ट्रहित विपरीतको खेलमा लागेको आरोप लगाए ।

टीकापुरको सभालाई सम्बोधन गर्दै एमाले नेता हनुमान चौधरीले कैलालीका थारुलाई दुई नम्बर प्रदेशमा चुनाव हारेका मधेसी नेताहरुले आएर उत्तेजित बनाएको भन्दै अब भ्रममा नपर्ने बताए । उनले संविधान संशोधनबाट थारुका कुनै पनि माग सम्बोधन नहुने भन्दै कैलाली जिल्ला बिभाजनको षडयन्त्रप्रति सजग रहन आह्वान गरे ।

एमालेको अभियान बुधवार गुलरियाबाट विभिन्न थारु बस्ती हुँदै राजापुरमा पुगेको थियो । राजापुरको सभापछि ७ नम्बर प्रदेश गरेको अभियान टोलीलाई प्रदेश संयोजक भीम रावलले कर्णाली पुलमा स्वागत गरे । टीकापुरको सभापछि एमालेको अर्को सभा महेन्द्र राजमार्गको लम्कीमा भएको छ ।

बर्दिया र कैलालीका बिभिन्न स्थानमा परम्परागत पोशाकमा सजिएका थारु समुदायले एमाले नेताहरुको स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धि सपनाः चीनका सी र नेपालका केपी
समृद्धि सपनाः चीनका सी र नेपालका केपी
नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका
नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील
मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
संकटमा सलमान खान
संकटमा सलमान खान
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
संसदको गतिरोध हट्यो, सरकारप्रति कांग्रेस आक्रामक
संसदको गतिरोध हट्यो, सरकारप्रति कांग्रेस आक्रामक

तपाईंले छुटाउनुभयो कि?