अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
३२ पटक हेरिएको
Shares
अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

सारांश

  • भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपी पत्ता लगाउन सफल भएपछि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी चर्चाको शिखरमा छन् ।
  • उनी आफै बैतडी पुगेर घटनास्थलमै खटिएर अनुसन्धान सफल बनाए ।
  • एक हप्तासम्म बैतडीमै डिआइजी सुवेदी बसे ।

भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपी पत्ता लगाउन सफल भएपछि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी चर्चाको शिखरमा छन् । उनी आफै बैतडी पुगेर घटनास्थलमै खटिएर अनुसन्धान सफल बनाए ।

एक हप्तासम्म बैतडीमै डिआइजी सुवेदी बसे । कामप्रति कटिवद्ध भएर खटिने सुवेदीको कार्यशैलीका कारण अब कञ्चनपुरमा दुई वर्ष अघि भएको निर्मला पन्तको हत्याको अनुसन्धान पनि सफल हुनसक्ने आशा गर्न थालिएको छ ।

भागरथीको हत्या प्रकरण पनि सुदूरपश्चिममै हुनु र निर्मला पन्तको हत्या पनि त्यही क्षेत्रको कञ्चनपुरमा भएको थियो । डिआइजी सुवेदी सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख भएर गएकाले उनले अब निर्मला पन्तका हत्याका दोषीलाई पक्राऊ गर्न सक्ने आशा बढेको हो ।सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मिहेनतले भागरथी हत्या प्रकरणको अनुसन्धानमा सफलता हासिल भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?