हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु

सारांश

  • साना, २२ असोज  यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ ।
  • गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।
  • यमनका २३ वटा प्रान्त मध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो ।

साना, २२ असोज  यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ ।

गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।

यमनका २३ वटा प्रान्त मध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो । हैजाबाट कुल आठ लाख ६२६ जना विरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा सञ्चारकर्मीलाई वितरित विज्ञप्तिमा जनाइएको छ ।

मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् । त्यसैगरी धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि उक्त समाचारमा जनाइएको छ ।

हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले गतहप्ता मात्र यस वर्षको अन्त्यसम्म झन्डै दश लाख मानिसलाई हैजाले सताउने अनुमान गरेको थियो ।

यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् ।

अनेक संरचनाहरुमा क्षति पुगेकाले यमनमा अहिले एक करोड ५० लाख नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सेवाको समेत अभाव छ ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले सहायता बाड्न खोज्दा पनि उनीले त्यहाँ जान दिने गरेका छैनन् ।

यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोग र बालबालिकामा कुपोषणको अवस्था देखिएको छ । तर दाताहरुको ध्यान भने यथोचितरुपमा ती क्षेत्रहरुमा पुग्न नसकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
शरिरको मोटोपना कसरी घटाउने ? यस्ता छन् उपायहरु
शरिरको मोटोपना कसरी घटाउने ? यस्ता छन् उपायहरु
कती सन्कलन भयो त सरकारी ढुकुटीमा राजस्व ?
कती सन्कलन भयो त सरकारी ढुकुटीमा राजस्व ?
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
कालीगण्डकी कोरिडोरमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य !
कालीगण्डकी कोरिडोरमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य !