सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो

सारांश

  • काठमाडौं ।
  • सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
  • दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौं । सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका–१० का २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् । उनीहरू दुवैको घटनास्थलमा नै ज्यान गएको हो ।

सप्तरीको खडक नगरपालिका–११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा राजविराज तर्फ जाँदै गरेका दुईओटा मोटरसाइकल ठोक्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?